राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा झापामा पिपिई क्याबिनेट सञ्चालन

झापाको मेचीनगर–१० धुलाबारीमा पिपिई क्याबिनेट उपकरण आइतबारदेखि सञ्चालनमा आएको छ। क्याबिनेटलाई धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको हो।

यो कोरोना सम्भावित संक्रमितको थ्रोड स्वाब संकलनमा प्रयोग हुने उपकरण हो। सो क्याविनेट सञ्चालनका लागि प्राविधिक जनशक्तिको व्यवस्थापन धुलाबारी स्वास्थ्य केन्द्रले गर्ने छ।

र्‍यापिड डाइगेनिष्टिक टेष्ट आरडीटी र पोलिमिरेस चेन रियाक्सन पिसिआर दुवै माध्यमबाट गरिने परीक्षणको नमूना संकलनमा पिपिई क्याबिनेट उपकरण प्रयोग हुन्छ। यसले स्वास्थ्यकर्मीमा हुने संक्रमणको जोखिम न्यूनीकरणमा समेत मद्दत पुग्ने छ।

७० हजार मूल्य पर्ने क्याबिनेट मोरङ, उर्लाबारीस्थित त्रिकाल फाउण्डेशनको संयोजनमा राष्ट्रिय आविष्कार केन्द्र नेपालका पूर्वाञ्चल संयोजक युवराज अधिकारीले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई हस्तान्तरण गरेका हुन्।

महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले यस अघि पनि पिपिई क्याबिनेट झापाका केही स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय