कोरोनासँग हारे अर्का नेपाली, लन्डनमा चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अर्का एक नेपालीले ज्यान गुमाएका छन्। साउथ इस्ट लन्डन बस्दै आएका चार्टर्ड एकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठको मृत्यु भएको हो।
अत्यधिक ज्वरो र खोकीका कारण श्वासप्रश्वासमा समस्या आएपछि श्रेष्ठलाई सेन्ट थोमस अस्पताल लन्डनमा भर्ना गरिएको थियो। ४६ वर्षीय श्रेष्ठको शनिबार राति १२ बजे मृत्यु भएको हो।
पोखरा स्थायी घर भएका श्रेष्ठ मधुमेहका बिरामी थिए। श्रेष्ठसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ९ पुगेको छ। झन्डै ४ सय नेपाली कोरोना भाइरस संक्रमणबाट पीडित छन्।