निको भए चार कोरोना संक्रमित नेपाली

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या चार पुगेको छ । शनिबार एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए थिए भने आइतबार एकजना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार एकैदिन १४ संक्रमित भेटिएपछि तरंगित समुदायलाई निको हुनेको संख्या लगातार बढ्दै जानुले आशाको दियो बालेको छ ।
चीनबाट फर्किएका पहिलो संक्रमित विद्यार्थी पनि कोरोनाबाट निको भएर घरमा छन । चीनबाट आएका उनको हङकङ परीक्षण गर्न पठाइएकोमा माघ १० गते संक्रमण पुष्टि भएको थियो ।

डिस्चार्ज भएर घरमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा फेरि भर्ना गरिएको थियो । दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि सरकारले लकडाउनको समेत घोषणा गरेको थियो । काठमाडौं घर भएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन ।

उनी फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीलाई संक्रमण भएपछि टेकु अस्पतालमा जाँच गर्न पुगेकी थिइन । उनलाई १० चैतमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । २७ दिनपछि श्रेष्ठको विभिन्न परीक्षण नेगेटिभ भएपछि शनिवार टेकु स्थिित शुक्रराज तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।

बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि निको भएर शनिबार नै अस्पतालबाट घर फर्किएकी छिन् । दुबै जनाको २४ घण्टाभित्र दुइटा नतिजा लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

शनिबारनै डिस्चार्ज भएकी बाग्लुङकी ६५ वर्षीय महिला पनि बेल्जियमबाट कतार हुँदै आएकी थिइन । उनी र टेकु अस्पतालबाट डिस्चार्ज भएकी युवती कतारको दोहाबाट एउटै जहाजमा आएका थिए ।  उनलाई चैत २० गते संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनी छठौँ संक्रमित हुन ।

चैत १५ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै, आइतबार कैलालीका २१ वर्षीया युवक पनि संक्रमण निको भएर घर फर्केका छन । उनी केहीबेरअघि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी नवौँ संक्रमित हुन ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकमा कोरोनाको पहिलो रिपोर्ट पोजेटिभ देखिएको थियो । उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको हो ।

हालसम्म कोरोना संक्रमणको संख्या ३१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । २७ जनाको विभिन्न अस्पतालमा उपचार भएको छ । जसमध्ये टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, बालगुङमा १, धनगडीमा ४, विरगञ्जमा ४, भरतपुरमा २, विराटनगरमा १३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय