स्वास्थ्य मन्त्रालय भन्छ,‘ मन्त्रीको चरित्रहत्या गर्न खोजियो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शेर बहादुर पुनलाई स्पष्टिकरणका लागि बोलाएको समाचार प्रकाशन भएको २४ घन्टा नबित्दै समाचारको खण्डन भएको छ । शनिबार दिउँसोदेखि उनीसँग सम्बन्धित सबै समाचारहरु पर्याप्त प्रमाण नजुटाई लेखिएका कपोकल्पि समाचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डा. पुनले मन्त्रालयबाट पत्र काटिएको आफूले सुनेको बताएका छन् । आफूले आइतबार उक्त पत्र हेर्न उनले शनिबार मिडियाहरुसँग बताएका थिए । तर, आइतबार उनी पत्र नै नहेरि सुरुमै मन्त्रालय पुगे ।

मन्त्रालयमा उनले केही अधिकारीसँग छलफल भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सरकारले संचलन गरेको कोभिड १९ विरुद्धको महामारीको अभियानमा आफूले साथ दिने र आफ्नो काममा निरन्तर लाग्नेगरी उनी त्यहाँबाट फर्किएको उनले बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले आफूले अहिलेसम्म मन्त्रालयको पत्र नपढेको बताए ।

शनिबार भने मिडियासँग आफू आइतबार पत्र हेरेर मात्र मन्त्रालय जाने बताएका थिए ।  यता, मन्त्रालयले भने मिडियाले कपोकल्पित र मनगणन्ते समाचार लेखेको बताएको छ । साथै ध्यानाकर्षण समेत गराएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सह–सचिव रघुराम विष्टले मन्त्रालयले स्पष्टिकरण सोधेको भनि कपोकल्पित समाचार प्रशारण गर्नु खेदपूर्ण भएको बताए ।

उनले भने,‘डा. पुनले समेत आफूले पत्र नपाएको भनि मिडियामा बताएको हुँदा मिडियाले उनको भनाई नै खण्डन हुनेगरी मन्त्रालयले स्पष्टिकरण सोधेको भनि कपोकल्पित समाचार प्रशारण गर्नु खेदपूर्ण छ । यस सन्दर्भमा हिजो मिति ०७७÷०१÷०६ गते नै मन्त्रालयलबाट सूचना प्राप्त भएको विवरण अवगत गराइन्छ ।’

मन्त्रालय र मन्त्रीको चरित्रहत्या गर्ने उद्देश्यले उक्त समाचार प्रशारण भएको भन्दै उनले भनेका छन्,‘बिनाप्रमाण यस्ता मनगणन्ते हेडलाइन बनाई माननीय मन्त्री ज्युको चरित्र गर्ने, कोभिड १९ को रोकथाम नियन्त्रण गर्न उपचारमा खटिने टीमको मन भंग गर्ने गरी जनतामा निराशा छर्नेजस्तो काम भएको हुँदा यसको जति निन्दा गरेपनि अपर्याप्त हुने देखिन्छ ।’

कोभिड १९ को जोखिम र सारा विशव अस्तव्यस्त भएको बेला मन्त्रालय गम्भीर भएर काम गरिरहँदा भ्रम फैलाउने काम नगर्न उनले सुझाए । यसले सकारात्मक सन्देश नजाने बताए ।  अबदेखि समाचार प्रकाशन प्रसारण गर्दा पर्याप्त प्रमण जुटाउन उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय