‘कोरोना जितेर’ घर जाँदाजाँदै राजले भने ‘सामाजिक दूरीको पालना गर्नुहोला’

उपचारपछि कोरोना जितेर अस्पतालबाट घर फर्किँदै गर्दा राज बिक भन्दै थिए ‘यसको उपचार भनेकै सबैसँग टाढा रहने हो। सामाजिक दूरी हो, सबैले यसको पालना गर्नुहोला।’

भारतबाट चैत १२ गते कैलाली आएका लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ बर्षे राज बिक चैत २२ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ती युवाले डिस्चार्ज पछि खुसी हुँदै आफू सजग हुँदा हुँदैपनि संक्रमित भएको भन्दै सवैलाई सामाजिक दुरी कायम गरी सरकारले जारी गरेको लकडाउनलाई कार्यान्वयन गर्न आग्रह गरे।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकलाई लगातार दोस्रो पटक नेगेटिभ रिपोर्ट आएपछि १६ दिनपछि आज डिस्चार्ज गरिएको छ । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालका मेसु हेमराज पाण्डेले बताए ।

उनलाई प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी र अस्पतालका डाक्टरहरुले फूल दिएर बिदाई गरेका छन् । सेती अस्पतालको एम्बुलेन्स चढेर उनी अस्पतालबाट घर गएका छन् । अस्पतालबाट बिदाई हुँदा ति युवकले आफुलाई ठूलो युद्ध जितेर फर्किएको महशुस भएको बताए।

उनले अस्पताल बसाईको १६ दिनमा रोगले भन्दा पनि सामाजिक कारणले मानसिक तनाव बढी भएको बताए।

सेती अञ्चल अस्पतालमा १६ दिन अघि भर्ना भएका युवा भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका थिए । उनी डिस्चार्ज भएपछि अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ । उनिहरुको अबस्था सामान्य रहेको छ । ती युवाले आफुलाई स्वास्थ्य कर्मीले राम्रो हेरचाह गरेका कारण छिटो निको भएको बताए । सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोनाका नयाँ संक्रमित फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय