सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन मन्त्रालयमा उपस्थित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन स्वास्थ्य मन्त्रालयमा उपस्थित भएका छन । आफू मन्त्रालयमा गएर मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको डा. पुनले बताएका छन् ।

आइतबार एक विज्ञप्ती जारी गर्दै पुनले भनेका छन्,‘ पछिल्ला दिनमा म सँग जोडिएर सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारहरुमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले आफू कार्यरत अस्पतालको काममा बाधा नपुग्नेगरी कोभिड १९ विरुद्धको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालय बोलाएको बताएका छन् ।

डा. पुनले मन्त्रालयका अधिकारीहरुसँग सम्पर्क गरिसकेको बताउँदै यसलाई आफ्ना वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा दिई आफ्नो नियमित काममा क्रियाशिल रहने बताए । उनलई मन्त्री र मन्त्रालयसँग जोडेर कुनै अनर्गल प्रचार नगर्नसमेत अनुरोध गरेका छन् ।

यसअघि उनलाई बाहीर मिडियामा बोलेको भनि मन्त्रालयल बोलाइएको भनिएका समाचारहरु प्रकाशित भएका थिए । आफू पीपीई लगाएर बिरामीको उपचारमा रहेको बेलामा फोन आएको भन्दै उनले मन्त्रालयको फोन बेलुका मात्र आएको थाहा पाएको बताएका थिए । त्यसपछि मन्त्रालयले उनलाई पत्र काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय