यसरी फैलियो महिलाले सडकमा पैसा फ्याँकेको ‘अफवाह’

जनकपुरको महावीर चोकमा पैसा फ्याँक्दै भागेको आरोप लागेको दुबै महिलाको पिसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ। प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाव परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो।

यसरी फैलियो पैसा फ्याँकेको अफवाह

कोरोना संक्रमण फैलिएपछि छिमेकी भारतमा थुक फ्याल्ने, पैसा, फलफूल, तरकारीलगायतमा थुक लगाएर बिक्रीवितरण गर्ने घटनाहरु सार्वजनिक भएका छन् । भारतीय सञ्चारमाध्यमहरु बारम्बार आइरहने यस्ताखाले घटनाले सर्वसाधारणलाई त्रसित बनाएको छ।

यस्तै शुक्रबार दिउँसोतिर जनकपुरको महावीर चोकस्थित सडकमा स्थानीयहरुले १०/१० रुपैयाँको नोट खसेको देखे। नयाँ जस्तै देखिने केही नोट सडकमा झरेको थियो भने केही कच्याककुचुक पारेर भुइँमा राखिएको सटरमुनि थियो । महावीर चोकका स्थानीयहरु अत्तालिए । के गर्ने नगर्ने उनीहरु बुझ्न सकिरहेका थिएनन् । ‘लडकाउन’ मा सुनसान सडक भएर केही स्थानीयले मुस्लिम पहिरनमा रहेकी दुईजना महिलालाई हटियातर्फ जाँदै गरेको देखे ।

केही स्थानीयले ‘हामीले दुबै महिलालाई रोकिन भनेपनि उनीहरु सरासर आगडी गएको’ बताउँछन् । लगत्तै त्यहाँका कतिपय स्थानीयले मुस्लिम पहिरनमा रहेकी दुईजना महिला सडकमा पैसा छरेर भागेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे । कतिपयले प्रहरी र सञ्चारकर्मीहरुलाई धमाधम खबर गरे । केहीबेरमै प्रहरीको टोली र सञ्चारकर्मी घटनास्थलमा पुगिसकेका थिए।

दश रुपैयाँका केही नोट सडकमै थिए भने केही भुँइमा रहेको फलामको सटरमुनि । स्थानीयहरुले ‘मुस्लिमजस्तै देखिने दुईजना महिला सडकमा पैसा फ्याँकेर भागेको’ सुनाए ।

प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा पुगेको प्रहरी टोलीले पैसा छरिएको स्थानमा घेरा हाल्दै स्यानिटाइजर छर्के । त्यहाँ पुगेका सञ्चारकर्मीले स्थानीय र त्यतिबेला प्रहरीले दिएको जानकारीअनुसार समाचार लेखे ।

जिल्ला प्रहरी कार्यालयले केहीबेरमै सीसीटीभी फुटेजबाट लिइएको दुबै महिलाको हुलिया धमाधम सञ्चारकर्मीलाई मेलमा मात्रै पठाएन उसले आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गर्‍यो ।

केहीबेरमै सामाजिक सञ्जालका भित्ता सडमा पैसा फ्यालिएको स्थानीयको पोस्ट र समाचारले छ्यापछ्यापी भयो । पोस्ट हेर्ने र समाचार पढ्नेहरु झनै त्रसित भए।

जिल्ला प्रहरी कार्यालयको ‘क्राइम ब्रान्चले’ नजिकैको एक घरबाट सीसीटीभी फुटेज लिएर घटनाको अनुसन्धान थाल्यो । कोरोनाको त्रास बढिरहेको बेला पैसा फ्यालेर महिला फरार भएको सुनेपछि प्रहरीपनि अतालियो । सीसीटीभी फुटेजमा देखिएकी महिलाहरुको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले टीम परिचालन गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयले केहीबेरमै सीसीटीभी फुटेजबाट लिइएको दुबै महिलाको हुलिया धमाधम सञ्चारकर्मीलाई मेलमा मात्रै पठाएन उसले आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गर्‍यो । दुबै महिलाको हुलियाको प्रिन्ट निकालेर प्रहरी टोलटोलको घरसम्म पुगेर खोजी सुरु गरिसकेको थियो ।

तर, साँझ जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजबाट दुबै महिलाको हुलिया हटाइसकेको थियो । आधिकारिक फेसबुक पेजबाट दुबै महिलाको हुलिया किन हटाइयो यसबारे जिल्ला प्रहरी कार्यालयले केही प्रष्ट्याएको थिएन। यद्यपि उसले पठाएको विवरण र महिलाको हुलियाको आधारमा सञ्चारमाध्यमहरुमा अर्को समाचार बनिसकेको थियो ।

सीसिटीभी फुटेजबाट प्राप्त भएको हुलियाको आधारमा प्रहरीले दुबै महिलाको खोजी तिव्र बनायो । र, अन्ततः दुबै महिला शनिबार जनकपुरधाम–७ जानकी नगरस्थित मस्जिद पछाडी आफ्नै घरबाट पक्राउ परिन् ।

सामान्य सोधपुछपछि प्रहरीले जाँचको लागि दुबैजनालाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍यायो । आरडीटी परीक्षणमा पोजिटिभ देखिएको खबर सार्वजनिक हुनासाथ जनकपुरवासी थप त्रसित बने । आरडीटी पोजिटिभ भएपनि भर पर्न नसकिने भन्दै सबैजना पीसीआर रिपोर्टको प्रतिक्षा गरिरहे। अन्ततः दुबै महिला कोरोना संक्रमित नरहेको पिसीआर जाँचबाट पुष्टि भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्की पैसा छरेर भागेको भनिएकी महिलाहरु नातामा नन्द र भाउजु रहेको बताएका छन् । अलिना भाउजु र अमुना नन्द रहेको उनले जनाएका छन् । दुबैजना सामान्य परिवारको घरायसी कामकाज गर्ने महिला रहेको कार्कीले बताएका छन् ।

‘उनीहरुले बैंकबाट एक लाख रुपैयाँ झिकेका रहेछन्, बैंकमै एक हजार रुपैयाँ सटही गरेर १०/१० को नोट लिएर घरतर्फ हिंडेका थिए,’ उनले भने,‘घर जाने क्रममा महावीर चोक पुगेपछि खल्तीबाट १०/१२ वटा दशको नोट झरेछ, तर उनीहरुले पत्तो पाएनन्।’

दुबैजना जानकी नगरमा छुट्टै घरमा बस्छिन् । अलिनाको श्रीमान् बितिसकेका छन् भने अमुनाको श्रीमान् रोजगारका लागि विदेशमा छन् । ४/५ महिनाको अवधिमा दुबैजना जनकपुरबाट बाहिर कत्तै नगएको परिवारका सदस्यहरु बताउँछन् । अमुनाको श्रीमान पनि अहिले विदेशमै रहेको उनीहरुको भनाइ छ ।

अमुनाको श्रीमानले विदेशबाट पठाएको पैसा झिक्न उनीहरु शुक्रबार मुरली चोकस्थित सहयोगी विकास बैंक पुगेका थिए। बैंकबाट एक लाख रुपैयाँ झिकेर घर जाने क्रममा अमुनाको खल्तीबाट पैसा सडकमा झरेको अनुसन्धानबाट प्रष्ट भएको डिएसपी कार्की बताउँछन् ।

‘उनीहरुले बैंकबाट एक लाख रुपैयाँ झिकेका रहेछन्, बैंकमै एक हजार रुपैयाँ सटही गरेर १०/१० को नोट लिएर घरतर्फ हिंडेका थिए,’ उनले भने,‘घर जाने क्रममा महावीर चोक पुगेपछि खल्तीबाट १०/१२ वटा दशको नोट झरेछ, तर उनीहरुले पत्तो पाएनन्।’

‘दुईजना मुस्लिमजस्तो देखिने महिलाले पैसा फ्याँकेको तीन चारजना स्थानीयले प्रहरीलाई बतायो, उनीहरुले भनेकै आधारमा अनुसन्धान सुरु भयो,’ डीएसपी कार्की भन्छन्, ‘मिडियामा पनि छ्यापछ्यापी समाचार आइहाल्यो । तर, दुबैजनाले पैसा फ्याँकेको सीसीटीभी फुटेजमा पनि देखिएको छैन् ।’

सडकमा पैसा छर्ने दुई महिलामा र्‍यापिड टेस्टबाट देखियो कोरोना पोजेटिभ

घर पुगेपछि दुईजना महिलाले महावीर चोकमा पैसा फ्याँकेर भागेको भन्दै सार्वजनिक भएको हुलिया देखेपछि त्रसित बनेर पैसा हराएको बारे परिवारका सदस्यलाई समेत जानकारी नगराएको कार्कीले बताए ।

‘घर पुगेरे खल्तीबाट पैसा झरेको उनीहरुले थाहा भयो । त्यतिबेलासम्म सबैतर्फ हल्ला फैलिइसकेको रहेछ, उनीहरु डराएर चुपचाप बसे, परिवारका सदस्यहरुलाई समेत जानकारी गराएनन्,’ कार्कीले थपे,‘सीसीटीभी फुटेजबाट प्राप्त हुलियाको आधारमा प्रहरी उनीहरुको घरसम्म पुगेपछि बल्ल आफूहरु डरले केही नबोलेको बताइन् ।’

सोधपुछको क्रममा उनीहरुले जानेर पैसा नफ्याएलेर खल्तीबाट झरेको बयान दिएको डीएसपी कार्कीले बताए । पछिल्लो केहीदिनयता उनीहरु जनकपुर बाहिर कहिँकत्तै नगएको अनुसन्धानबाट खुलेको छ उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय