म्याग्दीकी एक महिलाको कोरोना संक्रमणबाट नेदरल्यान्डमा मृत्यु

नेदरल्यान्डमा एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

नेदरल्यान्डमा बसोबास गर्ने ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो।

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनका अनुसार म्याग्दीको बेनी घर भएकी भट्टचनको शनिबार मृत्यु भएको हो।

नेपालसहित विश्वभरि बस्ने थकाली समुदायमा कोरोना भाइरसबाट ज्यान गुमेको यो पहिलो घटना रहेको जानकारी सचिव शेरचनले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय