कैलालीका २१ वर्षीय युवकलाई पनि निको भयो कोरोना संक्रमण, निको हुने संख्या चार पुग्यो

कैलालीका २१ वर्षीय युवकले पनि कोरोना भाइरसलाई जितेका छन् ।  निको भएसँगै अस्पतालले डिस्चार्जको तयारी गरेको छ ।
उनी धनगढीको सेती अस्पतालमा उपचाररत थिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकमा कोरोनाको पहिलो रिपोर्ट पोजेटिभ देखिएको थियो ।  उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।

घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गर्न उनलाई चिकित्सकले सुझाएका छन् । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय