‘बेपरवाह’ भजनी बजार!

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ७ गते १५:५०

हेल्थपाेस्टनेपालमा केही दिन पहिले  बेपरवाह हिँडडुलले कैलालीका गाउँ कोरोनाको जोखिममा भन्‍ने समाचार प्रकाशित भएको थियो। जुन क्रम अहिले पनि रोकिएको छैन।

कैलालीका गाउँ-गाउँमा चहलपहल जारी नै छ। माक्स र सेनेटाइजरको प्रयोग बिना मानिसहरू सडकमा डुलिरहेका देखिन्छन्। एकै ठाउँमा भिडभाड गरेर जम्मा भइरहेका र बसेर गफिरहेका दृष्य थुप्रै ठाउँमा देख्न सकिन्छ।

यस्तै भिडभाड हुने मध्येको एक हो भजनी बजार। हेल्पोष्ट नेपालले पश्चिमको जोखिमलाई मध्यनजर गर्दै थुप्रै विषयमा समाचार लेखिँरहदा त्यहाँका स्थानीयले भजनी बजारको कहाली लाग्दा तस्बिर कैद गरेर हामीलाई पठाएका छन्।

एक जना स्थानीले नाम नभन्ने सर्तमा भजनीमा खाद्यान्न पसल मात्र नभएर अन्य पसलहरू पनि खुल्ने गरेको बताए। ‘दिउसो कमै चहल पहल हुने भए पनि विहान, बेलुकीको समयमा कपडा पसललगायत अन्य पसलहरू पनि खुल्लै हुन्छन्। बाटोमा मानिसहरू बेपरवाह हिडिरहेका हुन्छन्। धेरैले माक्स नै प्रयोग गरेका हुँदैनन्’, उनले भने।

उनले कोही-कोहीले वाकको नाममा मात्रै पनि बाहिर निस्केर भिडभाड गर्ने गरेको गुनासो गरे। मोटरसाइकल, साइकल, ट्रयाक्टर, वयलगाडा लगायतका सवारीसाधनमा पनि मान्छेको ओहोरदोहोर बाक्लै हुने गरेको उनको गुनासो छ।

‘पेट्रोल पम्पमा जान पर्ने भए पनि एकै पटक ठूलो संख्यामा गएर भिडभाड गर्ने र पसल अगाडि कुर्सी राखेर घाम तापिरहेकाहरू पनि बजार क्षेत्रमा प्रस्त देखिन्छन्’, उनले भने, ‘जनता जागरुक नभएका हुन् की? प्रहरी प्रशासनले नै कडाइ गर्न नसकेको हो।’

उनले प्रहरीको गाडि हरन बजाउँदै बजार क्षेत्रमा घुम्ने भए पनि बेप्रवाह हिडिरहेका मान्छेलाई रोकेर सोध्ने, कारबाही गर्ने लगायका कुनै पनि काम नगरेको आरोप लगाए।

भारतको तीकुनीयाँ नाकासँग सीमाना जोडिएको भजनी क्षेत्रमा केही समय पहिले स्थानीले रातिको समयमा चोरबाटो प्रयोग गरेर भारतबाट आउने मान्छेको आवागमन नरोकिएको गुनासो पनि हेल्थपोष्ट नेपालसँग गरेका थिए।

स्थानीले सरकारले पनि यसतर्फ ध्यान दिन नसकेको भन्दै स्थानीय स्तरमा शिक्षित युवाहरूले विरोध गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय