चितवनमा आरडिटी परीक्षण तीव्र

चितवनमा कोरोना भाइरस संक्रमणका व्यक्ति पहिचान गर्नका लागि र्‍यापिड डाइगोनोस्टिक टेस्ट (आरडिटी) परीक्षण तीव्रता पारिएको छ। जिल्लाका सातवटै स्थानीय तहमा विदेशबाट आउने व्यक्तिहरूमा आरडिटी परीक्षण गर्ने काम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार, अहिलेसम्म कोरोन भाईरसको आशंका गरिएका करिव ६ सय जनामा आरडिटि परीक्षण गरिसकिएको छ। जिल्लामा अझै विदेशबाट आएका व्यक्तिहरु र्‍यापिड टेष्ट गर्न बाँकी रहेको तिवारीले बताए। ‘जिल्लाका सबै स्थानीय तहमा र्‍यापिड टेष्टलाई तिब्र पारिएको छ। अझै इच्छाकामना गाउँपालिकामा विदेशबाट आएका व्यक्तिहरुको परीक्षण गर्न बाँकी रहेको बुझिएको छ,’ तिवारीले भने, ‘उनिहरूको पनि पहिचान गरेर तुरुन्त परीक्षण गछौँ।’

जिल्लामा आरडिटी परीक्षणका लागि १ सय ७५ जना ल्याब टेक्निसियन खटिएको उनले जानकारी दिए। प्रत्येक स्थानीय तहमा २५ भन्दा बढि ल्याब टेक्निसियनलाई परीचालन गरिएको छ।

पहिलो चरण अन्तरगत जिल्लामा र्‍यापिड डाइगोनोस्टिक टेष्ट परीक्षणका लागि ७ सय किट माग गरिएको थियो। आरडिटी परीक्षण गर्ने व्यक्तिहरू बढ्न थालेपछि सरकारसँग १ हजार दुई सय माग किट गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिए। ‘पहिले र्‍यापिड टेष्ट गर्नका लागि मानिसहरु मान्दैन्थे। अहिले र्‍यापिड टेष्टको महत्व बुझ्न थालेपछि मानिसहरु खुलेर आउन थालेका छन्,’ उनले भने, ‘परीक्षण गराउने व्यक्तिहरुको संख्या हेरि किटको माग गरेका छौँ।’

जिल्लामा आरडिटी परीक्षणका लागि १ सय ७५ जना ल्याब टेक्निसियन खटिएको उनले जानकारी दिए। प्रत्येक स्थानीय तहमा २५ भन्दा बढि ल्याब टेक्निसियनलाई परीचालन गरिएको छ।

सरकारले स्वास्थ्यकर्मी, हिरासतमा रहेका कैदी, थुनुवाहरूलाई अनिवार्य आरडिटि परीक्षण गर्न भनेको छ। जसले गर्दा पनि आरडिटि परीक्षण गर्नेहरुको संख्या बढ्दै गएको तिवारीले बताए।

जिल्लामा रहेको किटले अझै दुई दिनसम्मलाई पुग्ने अनुमान गरिएको छ। कोरोना भाईरस भए नभएको पत्ता लगाउनका लागि सबैभन्दा छिटो माध्यम आरडिटि परीक्षण रहेको चिकित्सकहरूले बताउने गरेका छन्। चितवनका कोरोना संक्रमित व्यक्तिहरूमा पनि आरडिटि पोजिटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय