कोरोना विश्वकहर : १ लाख ६० हजार ७ सय ६३ मृत्यु, २३ लाख ३१ हजार ८ सय ९२ संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ६३ पुगेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३१ हजार ८ सय ९२ जना संक्रमित छन्। अहिलेसम्म ५ लाख ९७ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् । १५ लाख ७३ हजार ५५२ जना विभिन्न देशमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५ सय २१ जनाको ज्यान गएको छ । ८१ हजार २ सयबढी नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८सय ५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार १५ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९ सय १३ पुगेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २सय २७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९सय २५ पुगेको छ ।

भाइरसको महामारीबाट स्पेनमा २० हजार ६सय ३९ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ४सय १६ जना संक्रमित भएका छन् । बेलायतमा १ लाख १४ हजार २ सय १७ जना सन्क्रमित रहेकोमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख ९१हजार ७सय ९३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १९ हजार ३ सग २४ जनाको ज्यान गएको छ। जर्मनिमा १ लाख ४३ हजार ७ सय २४ जना भाइरसबाट सन्क्रमित रहेका छ्न जसमध्ये ४ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै टर्किमा रहेका ८२ हजार ३ सय २९ जना सन्क्रमितमध्ये १ हजार ८सय९०जनाको ज्यान गएको छ भने इरानमा रहेका ८० हजार ८ सय ६८ जनामध्ये ५ हजार ३१ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइर्सको संक्रमणबाट ५ सय २१ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय ६५ जनामा संक्रमण रहेको पुस्टी भएको छ। नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने ३ जना उपचारपचि निको भइ घर फर्किसकेका छ। अन्य सन्क्रमितको र मृतकको संख्या अन्य देशमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय