उदयपुरका ६५ वर्षे वृद्धमा कोरोना संक्रमण पुष्टि

उदयपुरका एक ६५ वर्षे वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उदयपुरबाट विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याइएको टोलीको थप एकजनामा संक्रमण पुष्टि भएको हो।

उनी उदयपुरकै मस्जिदमा रहेको समूहकै एक सदस्य रहेको बताइएको छ। हिजो शुक्रबार मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा हिजोको परीक्षणबाट संक्रमण नदेखिए पनि आजको परीक्षणबाट पोजेटिभ देखिएको हो।

एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले थप एकजना ६५ वर्षे महिलामा कोरोना देखिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय