थानकोटमा रोकिएका ३ सय पैदलयात्रीलाई बसमा गृह जिल्ला पठाइयो

लकडाउनका कारण थानकोटको त्रिभुवन पार्कमा फसेका ३ सय नागरिकालाई अ–आफ्नो जिल्ला पुर्याइने भएको छ ।

सम्बन्धित स्थानिय तहले जिम्मा लिने र २ हप्ता क्वारेन्टाइन राख्नका लागि वयवस्था मिलाउनेगरी उनीहरुको त्यहाँबाट उद्दार गरिएको काठमाडौं क्षेत्र नम्बर १० की सांसद अञ्जना विशुंखे बताइन् । उनका अनुसार सुरक्षित रुपमा सम्बन्धित पालिकामा पुर्याउनका लागि सम्पूर्ण तयारी गरिएको छ ।

दश वटा टहरामा हामीले झण्डै ५ सय मानिस अट्नेगरी व्यवस्था मिलाएका थियौं, विशुंखेले भनिन्, ‘स्थानीय सरकारहरुले हामी व्यवस्थित रुपमा उहाँहरुलाई राख्छौं भनेर हामीसँग भनेपछि हामीले उहाँहरुलाई सुरक्षित रुपमा पुर्याउने व्यवस्था गरेका हौँ ।’

८ वटा गाडीमा आफ्नो गह जिल्ला लैजानको व्यवस्थापन मिलाएको हो । बाँके ,बर्दिया, नेपालगञ्ज, दाङ, बारा पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका व्यक्तिहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय