सडकमा पैसा छर्ने दुई महिलामा र्‍यापिड टेस्टबाट देखियो कोरोना पोजेटिभ

हेल्थपाेस्ट/जनकपुरधाम
प्रकाशित
२०७७ वैशाख ६ गते १८:४४

जनकपुरको महावीर चोकस्थित सडकमा पैसा फ्याँक्ने दुवै महिलामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

प्रहरीले दुई महिलालाई पक्राउ गरेर कोरोना जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा दुवैको आरडिटी परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीले जनकपुरधाम–७ बस्ने आमिना खातुन र अलिना खातुनलाई पक्राउ गरेर अस्पताल लगेको थियो । उनीहरू दुवैजना नातामा भाउजु र नन्द रहेको बताइएको छ।उनीहरुले बैशाख ५ गते जनकपुरका लकडाउनका कारण सुनसान रहेको सडकमा दुई जना महिला पैसा फ्याक्दै भागेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय