टेकु अस्पतालकी नर्स भन्छिन्, ‘रिर्पोट नेगेटिभ आओस् भनेर भगवानसँग प्रार्थना गरिरहेका हुन्छौं’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिन–रात बिरामीको सेवामा लागिपरेकी छिन् नर्स बेली पौडेल।

अस्पतालमा कोरोना भाइरस (कोभिड-१९)का शंस्कास्पद बिरामी दैनिक आइसोलेसनमा भर्ना भइरहेका छन्। बिरामीको रेखदेखदेखि औषधी उपचारको जिम्मेवारी बहन गरिरहेकी छिन् पौडेलले।

आइसोलेसनमा एक्लै बसेका मानिस डरले आत्तिरहेका हुन्छन्। बेला–बेलामा उनी गफ गर्न पुग्छिन्। दु:ख-सुखका कुराले उनीहरूमा डर केही हदसम्म कम हुन्छ।

पल–पल भगवानसँग प्रार्थना गरिरहेकी हुन्छिन् कि आइसोलेसनमा बसेका मानिसको रिर्पोट नगेटिभ आइदियोस्। ‘बिरामीलाई सिरियस हुने पो कि भन्ने खुल्दुली मनमा भइरहन्छ,’ पौडेल भन्छिन्, ‘आशंका गरेका मानिसको रिर्पोट नेगेटिभ आइदियो भनेर भगवानसँग प्रार्थना गरिरहेका हुन्छौं।’

टेस्ट नेगेटिभ आएको दिन आनन्दको श्वास फेर्छिन्।

चीनको उहानमा भर्खरै कोरोना देखिन थालेको थियो। रोगबारे त्यति जानकारी कोही पनि थिएन। कोरोनाका आंशकामा आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। त्यतिबेला कतिको सुरक्षित हुनुपर्छ भन्ने ज्ञान थाहा नभएको पौडेल बताउँछिन्। ‘कतिपटक त हामी सुरक्षाको सामग्री नआइकन बिरामीको उपचारमा संलग्न भयौं,’ उनी भन्छिन्, ‘उपचारपछि निको भएर डिस्चार्ज भए, रिर्पोट आएपछि पोजिटिभ आएको थाहा पाएँ।’

रिर्पोट आएपछि उनको मनमा डर पैदा भयो। न रोग पो सरिसक्यो कि!

सबैतिर भाइरसको संक्रमण बढ्दै गएपछि आफू पनि चनाखो भएर काम गर्न थालेको उनी बताउँछिन्।

हामीले नगरे कसले गर्छ?

उसो त नर्सको मनमा पनि डर पैदा नहुने हैन। कर्तव्य पनि बहन गर्नुपर्छ। पौडेल भन्छिन्, ‘हामीले नगरे कस्ले गर्छ।’

अस्पतालमा बसेका संक्रमित केहिले घर जाने हो। परिवारसँग भेट गर्न पाइन्छ कि पाइँदैन भन्ने मनमा कुरा खेलाएर बसिरहेका हुन्छन्।

सुरू–सुरूमा आइसोलसनमा बसेका बिरामीको सिधै एयरपोर्टबाट आउने हुनाले सामान छुटेको पिर गरिएका हुन्छन्। पौडेलले भनिन्, ‘रिर्पोट कस्तो आउला, कहिले निस्कन पाइएला भन्ने मानसिकता रहेको हुन्छ।’

अहिल आइसोलेसनमा बसेका बिरामी रिर्पोट कुरेर नै बसिररहेका हुन्छन्। आफूले गर्दा परिवार तथा समुदायमा केही असर गर्छ भन्ने डरका कारण पनि बिरामीलाई घर जान हतार नदेखाउने पौडेलको बताउछिन् ।

परिवारमा कहिले घुलमिल गर्न पाइला?

आइसोलेसनमा बिरामीको रेखदेखदेखि उपचारसमेत गर्नुपरेकाले रातिसम्म अबेर पनि अस्पताल नै बस्ने गछिन्। अस्पतालकै गाडीले उनलाई घर पुर्‍याइदिन्छ। ‘घर–परिवारलाई पनि संक्रमण होला कि भन्ने डरले छुट्टै बस्ने गरेकी छु,’ उनी भन्छिन्,‘ कहिले चाहिँ घुलमिल भएर बस्ने होलाजस्तो लाग्छ।’

पिपिई लगाउन जति सजिलो छ, फुकाल्न त्यति नै गाह्रो

संक्रमण भएका बिरामीको रेखदेखमा सुरक्षा–सामग्ररी अपनाउनै पर्छ। पेशाले थालेदेखि नै आफू मरेर भए पनि अरुलाई बचाउने कसम राखेको उनी बताउँछिन्। संक्रमित व्यक्ति हेर्दा डाक्टरदेखि सरसफाइ गर्ने मानिसले सुरक्षाको सामग्री लगाएर काम गर्ने गर्दछन्। पिपिई फुलाग्ने बेला उनको मन सधैं आत्तिने गर्छ।

‘पिपिई लगाएको बानी परेको छैन,’ पौडेल भन्छिन्, ‘लगाउन लागि जति सजिलो छ, फुकाल्नलाई त्यति नै गाह्रो हुन्छ।’

बिरामीको रिर्पोट नेगेटिभ आएर अस्पतालबाट डिस्चार्स भएपछि उनी परामर्श दिएर पठाउँछिन्। सबैभन्दा रोग फैलन नदिने कर्तव्य बिरामीको हुन्छ। ‘नेगेटिभ केस आउँदा कोही पनि स्वतन्त्र हुँदैन,’ उनी भन्छिन्, ‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि परिवारसँग कसरी दूरी कायम गर्नुपर्छ भनेर सिकाइरहेका हुन्छौं।’

सरुवा रोग अस्पतालमा २३ वर्ष निरन्तर काम गर्दा विश्वमा इबोला, सार्स, मर्स जस्ता महामारी फैलियो। तर, यी महामारीले नेपाललाई छोएन।

‘अहिले कोरानाबाट नेपाल पनि प्रभावित बन्यो, केही अनुभव सिकायो,’ पौडेल बताउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय