नेपालमा कोरोना संक्रमण निको हुने संख्या ३ पुग्यो, बागलुङकी ६४ वर्षीया वृद्धलाई घर पठाउने तयारी

बागलुङकी ६४ वर्षिया कोरोना भाइरस संक्रमित ६५ वर्षिया महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको छ ।धौलागिरी अस्पतालका मेडिकल सुपरिडेन्ट शैलन्द्र बी पोखरेलले उनको अनितम रिपोर्ट पनि नेगेटिभ आएको बताए । ‘उहाँको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको छ, पोखरेले भने,‘ हामी उहाँलाई सकेसम्म आजै डिस्चार्ज गर्ने तयारीमा छौं ।’

४ चैतमा कतारको दोहा हुँदै नेपाल आएकी बागलुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ आएको थियो । पोखेरेलका अनुसार डिस्चार्ज संक्रमित महिलालाई २ हप्ता क्वारेन्टाइनमा राख्नेगरी डिस्चार्ज गर्न लागिएको हो ।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये काठमाडौंकी १९ बर्षीया युवती शनिबार डिस्चार्ज भएकी छन् ।

यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने २८ जना विभिन्न अस्पतालमा उपचारको क्रममा रहेका छन् । टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, बागलुङमा २, धनगडीमा ५, विरगञ्जमा ४, भरतपुरमा २ र विराटनगरमा १२ जना रहेका छन् । मन्त्रालयले जनाए अनुसार २८ जना सक्रमितको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय