२७ दिनपछि डिस्चार्ज भइन् दोस्रो कोरोना संक्रमित महिला

नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित महिला निको भएकी छिन् ।  निको भएपछि  डिस्चार्ज गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।

उनलाई १० चैतमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । डिस्चार्ज गर्नु अघि दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरेको हो ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया समेत दिएकी छन् ।आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पहिलो संक्रमित व्यक्ति एक जना भने पहिले नै निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय