कोरोनाबारे मिडियामा बोलेको भन्दै विशेषज्ञ चिकित्सकसँग स्पष्टीकरण

पुनको फेसबुकबाट लिइएको तस्बिर पत्रकार कमला गुरुङले खिचेकी हुन्

स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका १५ वर्षभन्दा लामो समयदेखि कार्यरत चिकित्सकसँग कोरोनाबारे मिडियामा बोलेको भन्दै स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग स्पष्टीकरण सोधेको हो ।

केही समयअघि स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित र मन्त्रालय तय गरेका कुराबाहेक अरु बोल्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कारवाही नै गर्ने चेतावनी दिएका थिए ।

मन्त्रालयका प्रशासन तर्फका सहसचिव रघुराम बिष्टले डा. पुनलाई कोरोनाबारे सूचना दिएको, बिरामीका गोप्य विवरण पत्रकारलाई उपलब्ध गराएको भन्दै यस विषयमा कारवाही किन नगर्ने भनि प्रश्न गरिएको छ ।

डा. पुनले आफ्नो नाममा पत्र बनेको जानकारी पाएपनि उपचारमा खटिनुपर्दा लिन जान भने नपाएको बताए । संक्रामक रोगका विशेष पुन सर्ने रोगका विषयमा निरन्तर अनुसन्धान गर्ने र पब्लिकेसन पनि गर्नेमा रुची राख्छन् ।

‘यस्तो महामारीका समयमा रोगका जोखिम, यसबाट बच्ने कुरा आम पब्लिकलाई जानकारी दिने कुरामा मौन बस्न मनले मान्दैन’ उनले भने ।

उनले आफूले मन्त्रालयको पोलिसी, रणनीति र कार्यक्रम बोल्ने नगरेको तर विज्ञका आधारमा रोगका बारेमो जानेको कुरा आमजनतामा जाओस् भन्ने उदेश्यले मिडियामा बोल्ने गरेको स्वीकारे । ‘यस्तो महामारीका समयमा रोगका जोखिम, यसबाट बच्ने कुरा आम पब्लिकलाई जानकारी दिने कुरामा मौन बस्न मनले मान्दैन’ उनले भने ।

मन्त्रालय स्रोतकाअनुसा मन्त्रालय, विभाग र अस्पतालका कतिपय अधिकारीले डा. पुनमात्रै मिडियामा छाएको भन्दै मन्त्रीसँगै गुनासो गरेर मन्त्रीकै निर्देशनमा स्पष्टीकरण सोधिएको हो । महामारीमा सरकारीले गरेको तयारी नपुगेको भनेर मिडियामा बारबार टिप्पणी गरेको भन्दै मन्त्री भानुभक्त ढकालका सचिवालयका सचिवालयका मान्छेसमेत उनीसँग आक्रोशित भएका रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘यस्तोबेला डाक्टरलाई कारवाही नगरौं राम्रो सन्देश जाँदैन भन्ने कुरा पनि उठेको हो, तर मनिएन’ मन्त्रालयका एक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय