कोरोनाको त्रास बढेपछि स्थानीय आफैंले वडा ‘सील’ गरे

जनकपुरका एक वडाका स्थानीयहरुले आफ्नो वडा आफैं ‘सील’ गरेका छन् । कोरोना संक्रमणको त्रास बढ्दै गएपछि जनकपुरधाम वडा नम्बर ३ का स्थानीयहरुले शनिबार वडा ‘सील’ गरेका हुन् ।

उनीहरुले वडाभित्र प्रवेश गर्ने बाटोको प्रवेशद्वारमा बार लगाएर अपरिचित व्यक्तिलाई प्रवेश निषेध रहेको सूचना टाँसेका छन्।

कोरोना संक्रमणबाट आफूपनि जोगिन र अरुलाई पनि जोगाउन वडाभित्र अपरिचित व्यक्तिको प्रवेश रोक्न प्रवेशद्वरहरुमा ढाटहरु लगाएर बन्द गरेका छन्। यसअघि वडाध्यक्ष दीपेन्द्र साहले सुरक्षा निकायका अधिकारीहरुसँग वडा शील गर्नेबारे छलफल गरेका थिए । छलफलमा कोरोना संक्रमण रोकथाम गर्न वडा शील गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वडालाई शील गर्ने निर्णय आफूहरुले गरेको उनले बताए । वडा शील गर्ने निर्णयलाई कार्यान्वयन गराउन स्थानीय युवा क्लबहरुसँग सर–सल्लाह भइरहेको बताउँदै साहले अपरिचित व्यक्तिहरुको प्रवेशमा रोक लगाउन तत्काल ढाट लगाइएको जानकारी दिए ।

वडावासीलाई चाहिने अत्यावश्यक खाद्य सामग्रीहरुको व्यवस्था वडाभित्रै गर्ने तयारीसमेत आफूहरुले गरेको उनको भनाइ छ । एक दिनमै कोरोना संक्रमितको संख्या बढेपछि सम्पूर्ण वडावासी त्रसित बनेकोले संक्रमणको जोखिमबाट जोगिन यस्तो उपाय अपनाइएको साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय