काेराेना इपिसेन्टर अमेरिका : ३७ हजारभन्दा बढीको मृत्यु, ७ लाख बढी संक्रमित

कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ लाख १० हजार नाघेको छ। ३७ हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शुक्रबारसम्म अमेरिकामा ७ लाख १० हजार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भने मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५८ पुगेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा रहेका संक्रमितमध्ये ६० हजार ५ सय १० जना उपचारपछि निको भएका छन्।

हालः अमेरिकामा ६ लाख १२ हजार ७१ जना कोरोनाका बिरामी उपचारत छन्। उपचारतमध्ये १३ हजार ५ सय ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

अप्रिल १ देखि अमेरिकामा प्रत्येक दिन २५ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिदै आएका छन्। मार्च १७ का दिनसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या म १ हजार ७ सय ५० रहेको थियो। एक महिनाको अवधिमा अर्थात अफ्रिल १७ सम्म अमेरिकामा यो संख्या बढेर ७ लाख१० हजार २१ पुगेको छ।

पछिल्ला दिनहरुमा अमेरिकामा दैनिक १ हजार ५ सयभन्दा बढीको मृत्यु कोरोनाका कारण हुँदै आएको छ। अप्रिल १४ का दिन अमेरिकामा ६ हजार १ सय ८५ जनाको मृत्यु कोरोणा संक्रमणबाट भएको थियो।

यसरी बिश्वभर २२ लाख ५०हजार ७सय ५२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १ लाख ५४ हजार २ सय ६१ जनाले ज्यान गुमाइसकेका छन।

भाइरसको संक्रमण रहेका २२ लाख ५०हजार ७ सय ५२ जनामध्ये ५ लाख ७१हजार १सय ४५ जना उपचारपछी निको भइ घर फर्क्सकेका छन।

नेपालमा हालसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १ जना उपचारपछि निको भै घर फर्किसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय