निओस्फेयरद्वारा विद्यार्थीलाई निःशुल्क अनलाइन तालिम

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ५ गते १९:००

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले देशभर लकडाउन छ। यसैका कारण विधार्थीहरूको पढाइ निकै प्रभावित छ। यसै समयको सदुपयोग गरी भविष्यका लागि तयार हुन निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई साताको अनलाइन तालिम कक्षा सञ्चालन गरेको छ।

सबै उमेर समूहका विधार्थीलाई हुने गरी Programming / Graphic Designing मा केन्द्रित भएर तालिम कक्षा सञ्चालन हुनेछ।

उक्त कक्षामा १ हजार विधार्थीलाई निःशुल्क तालिम उपलब्ध गराइने छ। इच्छुक विधार्थीले www.neosphere.com.np मा गएर नाम दर्ता गर्न सक्नेछन्।

शिक्षण क्षेत्रका माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पुर्‍याउनका लागि व्यापारिक घराना गोल्छा अर्गनाइजेसनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधारसहित सूचना प्रविधिसम्बन्धी विभिन्न सीपमूलक शिक्षा उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय