सर्वोच्च अदालतको अन्तरिम आदेश- ‘अलपत्र नागरिकलाई तत्काल घर पुर्‍याउनू’

सर्वोच्च अदालतले अलपत्र नागरिकलाई तत्काल घर पुर्‍याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइपछि अन्तरिम आदेश जारी भएको हो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चबाट जारी आदेशमा गन्तव्यतर्फ जाने क्रममा रहेका नागरिकलाई घरसम्म पुर्‍याउन सवारीसाधनको प्रबन्ध गर्न सरकारलाई भनिएको छ।

निःशुल्क घर पुर्‍याउने व्यवस्था गर्न सर्वोच्चले आदेश दिएको छ। साथै घरतर्फ हिँडेका सर्वसाधारणलाई अवरोध आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय