उदयपुरमा लुकेर बसेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका, थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो

उदयपुरको एक मस्जिदमा लुकेर बसेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण को आशंका देखिएको छ । कोशी अस्पतालको आरटी पिसिआरमै ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रायाका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिए ।

८ जनामा संक्रमण देखिएपछि थप परीक्षण गरेर पुष्टि गर्नका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको कट्टेलले बताए ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको मन्त्रालयका प्रवक्ता कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय