राहतको लाइनमा ‘डेरावाल’ विद्यार्थी (तस्बिरसहित)

त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा राहतका लागि लामबद्ध विद्यार्थी। सबै तस्बिर सौरभ रानाभाट/हेल्थपोस्ट नेपाल

शुक्रबार बिहानैदेखि त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा विद्यार्थीहरू लामबद्ध थिए। बिहानैदेखि लाइनमा बसेका धेरैजसो डेरामा बस्ने विद्यार्थी हुन्।

लाइनको एकछेउमा थिए देवनारायण राम पनि। डेरामा खानेकुरा सकिएपछि त्यहाँ राहत बाँड्ने कुरा सुनेर उनी बिहानै विश्वविद्यालय परिसर पुगेका थिए।

‘न घरबाट पैसा मगाउन सकिन्छ न त डेरामा खानेकुरा नै छ, हामी जस्ता विद्यार्थीलाई लकडाउनले बहुत समस्यामा पार्‍यो,’ उनले भने, ‘यता राहत बाँड्ने कुरा साथीहरूले सुनाएपछि आएँ।’

कञ्चनपुर महेन्द्रनगरकी मन्जु पाण्डे पनि त्यही लाइनमा भेटिइन्।

‘डेरामा भएको दाल, चामल सकियो,’ उनले भनिन्, ‘विद्यार्थीका बारेमा त कसैले नसोच्ने रै’छ।’

डेरा गरेर पढ्न बसेका विद्यार्थी समस्यामा पर्न थालेपछि नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार खड्काले व्यक्त्तिगत रूपमा विद्यार्थीलाई राहत बाँडेका हुन्।

प्रतिविद्यार्थी १० किलो चामल, एक किलो दाल, एक किलो नुन राहत स्वरूप दिइएको खड्काले बताए। ुयो नै पर्याप्त त नहोलाु उनले भने ुतर समस्यामा परेका विद्यार्थीलाई केही दिनका लागि भए पनि खाना पुग्छ होला भनेर राहत बाँडिएको हो।ु

कम्तिमा ५ सय विद्यार्थीका लागि राहत सामग्री लिएर खड्का कीर्तिपुर पुगेका थिए। तर त्यहाँ हजारभन्दा बढी विद्यार्थी लाइनमा आए। राहत सामग्री थोरैजनाका लागि मात्रै भएपछि केही विद्यार्थी खालि हात फर्किरहेका थिए।

स्थानीय वडा कार्यालयले राहत दिने भनेर फारम भर्न लगाए पनि अहिलेसम्म राहत नपाएको विद्यार्थीहरूले गुनासो गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय