कोरोना भाइरस संक्रमण देखिएपछि चितवनको राप्तीमा प्रहरी परिचालन
भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि चितवनको राप्ती नगरपालिकामा प्रहरी परिचालन गरिएको छ ।
राप्ती नगरपालिका ८ भण्डारामा शुक्रबार बिहानदेखि नै प्रहरी परिचालन गरी उनीहरूको ट्राभल हिस्ट्री र सम्पर्कमा आएका मानिसहरूको खोजी गरिएको हो ।
दुई पटकसम्म स्वाब परीक्षण गर्दा पनि उनीहरूको कोरोना रिपोर्ट पोजिटिभ देखिएको बताइएको छ । तर, स्वाब परीक्षण गर्दा शंकाष्पद रिपोर्ट आएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
बुधबार आरडिटि परीक्षण गर्दा एक महिलाको पोजिटिभ देखिएको थियो । दुवै जना पुर्वि चितवनको राप्ती नगरपालिका व्यक्ति हुन् । ६० बर्षिय महिला बेलायत हुँदै हङ्कङ चैत्र ५ गते नेपाल आएकी थिईन् ।
अर्का एक जनाको विषयमा भने विवरण खुलाईएको छैन । उनि पनि विदेशबाट नै आएको भनिएको छ । तर, कहिले आएको भन्ने विषयमा जानकारी नभएको भरतपुर अस्पतालले बताएको छ । अहिले उनिहरुको उपचार भरतपुर अस्पालमा राखेर गरिएको छ ।
भरतपुरमा परिएको पीसीआर परीक्षणमा कोडिभ १९ पोजिटिभ आएपछि स्थानीयहरु त्रसित भएका छन् । राप्ती नगरपालिकाकी मेयर प्रभा बरालका अनुसार उनिहरु विदेशबाट आएपछि होम क्वारेन्टाईनमा बसेका थिए । तर, समय अवधि पुगेपछि बाहिर निस्केको हुन सक्ने उनले बताईन् ।