कोरोना नियन्त्रणको लागि प्रत्येक पालिकामा जनस्वास्थ्य जनशक्तिलाई खटाउने

कोरोना भाइरसको रोकथामको लागि प्रत्येक पालिकामा जनस्वास्थ्य विधाका जनशक्तिलाई फिल्ड इपिडिमोलोजिष्टको रुपमा खटाउने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल तथा स्वास्थ्य विज्ञहरुको छफलफबाट उक्त निर्णण आएको हो ।

त्यसैगरी, नयाँ केसको आधारमा विपत व्यवस्थापन तथा पुर्व तयारीलाई थप शसक्त बनाउने साथै कोरोना नियन्त्रण लागि श्रीलंका, माल्दिभ्स, साउथ कोरिया जस्ता देशको मोडलमा काम गर्ने भएको छ ।

विज्ञहरुको सुझावको आधारमा पीसीआर टेष्टको क्षमता अभिवृद्धि गर्ने र देशभरिका सबै पीसीआर मेसिनलाई खपत हुने कमन रिएजेन्ट खरिद गर्ने निर्णय भएको हो ।

कर्णाली प्रदेशमा सफल भएको कन्ट्रायक ट्रेसिङ मोडललाई अन्य स्थानिय तहमा सम्म लैजाने तथा कोरोनाका मुख्य लक्षण रुघाखोकी भन्ने भ्रम हटाएर सुखा खाकी हो भन्ने सेंदेश जारी गर्ने भएको छ ।

विज्ञले दिएको सुझावको आधारमा आइजिएम र आइजिजि दुवै एन्टीबडीलाई अलग–अलग मापन गर्ने र्यापिष्ट टेस्ट किटको प्रयोगमा लागि पहल गर्ने र भाइरस नियन्त्रणको लागि राष्ट्रिय एशोसियनसँग सहकार्य गरेर अगाडी बढ्ने निष्कर्ष निकालेको छ ।

हालसम्म नेपालमा १६ जना संक्रमित भएको पुष्टि भएको छ । एक जना निको भएका छन् भने १५ जना अस्पतालमा उपचारको क्रममा रहेका छन् । मन्त्रालयका अनुसार उपचारमा रहेका सबै जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय