विश्व कोरोना कहर : १ लाख ४५ हजार ५ सय २१को मृत्यु, २१ लाख ८२ हजार १ सय ९७ संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा अवधिमा विश्वभर ६ हजार ९९६ जनाको मृत्यु भएको छ।

त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८२ हजार १ सय ९७ पुगेको छ । २४ घण्टाको अविधमा ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन्। अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ। ५ लाख ४७ हजार २ सय ९५ जना उपचारपछि घर फर्किसकेका छन्।

अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६सय १७ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै फ्रान्समा मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ ।

स्पेनमा भएका १ लाख ८४हजार ९सय ४८जना सन्क्रमितमध्ये १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ। बेलायतमा रहेका १ लाख ३ हजार ९३ जना भाइरसका सन्क्रमितमा १३ हजार ७ सय २९ जनाले ज्यान गुमाएका छन। त्यस्तै इटालिमा रहेका १ लाख ६८हजार ९सय ४८जना कोरोना भाइरसका सन्क्रमितमा २२ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ। जर्मनमा १लाख ३७हजार ६सय ९८ जनामा भाइरसको संक्रमण रहेको छ भने ४ हजार ५२ को ज्यान गएको छ। इरानका ७७ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको छ भने ४ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ।

त्यस्तै टर्कीका ७४ हजार १ सय ९३ जना संक्रमितमा १ हजार ६ सय ४३ जनाले ज्यान गुमाएका छन। नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १ जना उपचारपछि निको भइ घर फर्किसकेका छन। बाकी संक्रमितको संख्या र मृत्यु हुनेको संख्या अन्य देशमा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय