१५ दिन क्वारेन्टाइनमा बसेपछि घर जान ठिक्क नेपालीलाई प्रशासनले रोकेपछि तोडफोड

हेल्थपोस्ट नेपाल

१५ दिनदेखि बाँकेमा दशगजा स्थित क्वारेन्टाइनमा बसेका नेपाली घर जान नपाएपछि आन्दोलनमा उत्रिएका छन्।

भारतबाट फर्किएका उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो। उनीहरुको स्वास्थ्य परीक्षणको रिपोर्ट निभेटिभ आएको र १५ दिन क्वारेन्टाइनमा बिताइसकेपछि उपमहानगरले बिहीबार उनीहरुलाई घर जान भनेको थियो।

घर जानका लागि बसमा चढिसकेका बेला प्रशासनले जान नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

बिहीबार गरिएको स्वास्थ्य परीक्षणमा क्वारेन्टाइनमा रहेका १ सय ८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टाइन नछोड्न भनेका थिए।

त्यसपछि उनीहरु घर जान पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको जमुनाहका प्रहरी प्रमुख सई माधव रिजालले जानकारी दिए ।

आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको दुईओटा बसको सिसा फुटाईदिएका छन्।

नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ। उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो । धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशमसेर राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन गरेर त्यसबारेमा बुझेका थिए। गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए ।

बाँकेमा परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ

बिहिबारसम्म बाँकेका ४ सय ९० जनाको कोराना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । पिसीआर र आरडिटी पद्धतीबाट गरिएको परिक्षणमा ४ सय ९० जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म पिसीआरबाट ९१ जनाको स्याम्पल परिक्षण गरिएकोमा ७६ को रिपोर्ट नेगेटिभ आएको छ भने अन्य १५ जनाको रिपोर्ट आउन बाँकी छ ।



One thought on “१५ दिन क्वारेन्टाइनमा बसेपछि घर जान ठिक्क नेपालीलाई प्रशासनले रोकेपछि तोडफोड

  1. every citizen should obey the govt decision. when the govt decides then only they should move. If they will do anything wrong they should be legally punished. The decision is not only foe 100-200 people it was for 30 million people within the country. कसैलाइ अन्याय नहोस्, । तर १००-२०० को असुबिधा लाइ सहज बनाउन करौडौ जन्ता रोग् को चपेटा मा नपरुन । सन्चारकर्मिले यस्मा ध्यान दिनुहोस, रोग् तपाइलाई पनि लाग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *