गुणस्तरहीन औषधि बजारमा ल्याउन प्रयास गर्न सक्छन्, सचेत रहनुहोस्

केही महिनाअघिदेखि विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसको उपचार तथा तयारी र औषधि लगायतका स्वास्थ्य सामग्रीका विषयमा औषधि व्यवस्था विभाग लागिपरेको छ ।

नेपालमा खासगरी निजी तथा सरकारी दुवै क्षेत्रले औषधिको उपलब्धता, स्वास्थ्य समाग्री उपलब्धता गर्ने काम गरिरहेका छन् । सरकारी क्षेत्रबाट उपलब्ध हुने औषधि तथा सामग्री तथा निजी क्षेत्रबाट पनि वितरण हुने सामग्रीको अवस्थाबारे नियमित उत्पादनकर्ता, पैठारीकर्ता एवं दातासमेतले नेपाली बजारभित्र वितरण गरिरहेको अवस्थालाई नजिकबाट अनुगमन गरेका छौं ।

उत्पादन, वितरण र अभावको अवस्थालाई अनुगमन गर्दै आएका छौं । विभागले यसको लागि अलग अनुगमन फर्म तयार पारेका छौं । व्यवसायी अति–आवश्यकीय जीवन रक्षक औषधिहरुको अवस्था के छ भनेर दैनिक र साप्ताहिक रुपमा प्रतिवेदन विभागमा उपलब्ध हुने किसिमको फर्म बनाएका छौं । उहाँहरुले निरन्तर रुपमा व्यवसायीहरुले जानकारीहरु प्रस्तुत गर्नुभएको छ ।

यी जनाकारीहरुलाई हेरेर प्राप्त सूचनालाई निक्र्योल गरेर कुन औषधिको अभाव कहाँ छ भन्ने कुरालाई परिचाहन थप राणनीति तयार गर्ने प्रयासमा हामी लागेका छौं । यसमा नीजि क्षेत्रका विभिन्न व्यवसायीहरु, उत्पादक तथा सरकारी निकायका पदाधिकारीहरुको समेत समवन्यमा औषधिको ढुवानी, उत्पादन र विक्रि वितरण लाई सुचारु गर्नेलाई पहल गरेका छौं ।

औषधिहरुको गुणस्तरमा कमी नआओस र ढुक्क सँंग सबै बिरामीले उपचारको लागि प्राप्त गरुन भन्ने हेतुले आवश्यक अनुसार अनुगमन गरेर परीक्षणको कार्य गरेर सबैलाई आश्वस्त पार्ने काम गरिरहेका छौं । हामीले ‘हेन्ड सेनिटाइजर’ धेरै नै महत्वपुर्ण रुपमा लिइरहेको छ । खासगरी भाइरसको टान्समिसनलाई कमी गर्ने निम्ति यसलाई बचाउनको निम्ति नेपालमा नै हेन्ड सेनिटाइजर दर्ता र यसको अनुमतिको व्यवस्था लागू गरेका छौ ।

अहिले २० भन्दा बढी उद्योगहरुले विभिन्न प्रोटक बजारमा ल्याएका छन् । तिनीहरुको निश्चित स्तर पनि तय गरिएको छ । कुनै पनि उपभोक्ता नठगियोस भनेर यो स्तरलाई औषधि व्यवस्था विभागको वेव पेजमा सार्वजानिक गरेका छौ । यहाँहरुले त्यो स्तर छ छैन, मुल्य अनुसारको छ कि छैन आवश्यकता अनुसार प्रयोग गर्नुहोस ।

केही समय सरकारवालासँग निश्चित समाजिक सञ्जालको ग्रुप पनि तय गरेका छौ । नेपाल भर उत्पादकहरुका सम्बन्धित,व्यवसायी र औषधि व्यवस्था विभागका शाखा कार्यलयका फोकल पोइन्टलाई सञ्जालमा राखेका छौ । कुनै पनि औषधिको कमि भएमा वा गुणस्तरको विषयमा सवाल उठेमा उनीमार्फत सुचनाहरु लिने र विभागमा पुर्याँउछन् ।

फार्मेसिहरु सबै सञ्चालन गर्न हामीले पहल गरेका छौ । त्यहाबाट औषधि लिने र वितरण गर्ने सवापलमा यो व्यवस्थापन गर्दै आएका छौ । यसै बिचमा सरकारी तर्फ नेपाल सरकारले कतिपय औषधिहरु आवश्यकता हुन सक्ने र माग बढ्न गई उपलब्धता नहुने हो भन्ने अवस्थालाई सोचेर १ सय ८९ औषधि खरिदको लागि बढाएको छ ।

स्वास्थ्यकर्मीले सुरक्षा अपनाउने पिपिई ,माक्स,ल्याब लगायतका साम्रागी कतिपय खरिद भएको छ भने कतिपय उपलब्ध हुने क्रममा रहेको छ । कुनै पनि व्यक्तिले दर्ता नभएको गुणस्तहीन औषधिलाई बजारमा ल्याएर प्रयोगमा ल्याउने प्रयासमा गर्न सक्छन् । त्यसतर्फ सेचत रहन अनुरोध गर्दछ ।

यिनै विषयलाई टेवा पुगोस भनेर विभागभित्र कार्यदल पनि बनेको छ । कार्यदलले नियमित रुपमा यहाँले देखेका सुनेका अवस्थाहरुलाई समेत सुचनामा ल्याउन काम गरिहेको छ ।

(औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वास्थ्य मन्त्रालयमा औषधिसम्बन्धी गरेको ब्रिफिङका आधारमा तयार पारिएको साम्रगी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय