र्‍यापिड टेष्टबाट पोजेटिभ देखिएका नमुना परीक्षण पीसीआरबाट नेगेटिभ, १९ हजार ४ सय ३२ जनाको नमुना परीक्षण

कोरोना भाइरसको आंशकामा १९ हजार ४ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । पिसिआरबाट ७ हजार २ सय ४० र र्यापिष्ट टेष्टबाट १२ हजार १ सय ९२ जनाको नुमना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनका अनुसार र्यापिष्ट टेष्टबाट नमुना परीक्षण गर्ने ८ जिल्ला बाँकी रहेका छन् । ताप्लेजुङ, रुकुम पुर्व ,खोटाङ, ओखलढुंगा, डोल्पा, इलाम, मनाङ र सोलेलुम्बु बाट छिट्टै नै र्यापिष्ट टेष्ट नहुने मन्त्रालयले जनाएको छ ।

देशभर हालसम्म ४ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । बिहिबार १ सय ३ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये ९५ जना उपत्यका बाहिर र ८ जना उपत्यकामा रहेका छन् ।

हालसम्म देशका विभिन्न क्षेत्रबाट र्यापिष्ट टेष्टबाट गरिएको पोजेटिभ देखिएका पिसिआरबाट परीक्षण गर्दा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।  हालसम्म २ सय ४७ रेड जोनमा रहेका छन् ।

हालसम्म संक्रमित संख्या १६ रहेको र एक जना निको भएर फर्किएका छन् । टुेकु अस्पतालमा २, पाटन अस्पतालमा २ धौलागिरी अस्पतालमा २, सेती अञ्चल अस्पतालमा ५, विरगञ्ज ४ जना रहेका छन् । संक्रमति १५ जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय