विश्व काेराेना कहर : १ लाख ३७ हजार ६ सय ६६जनाकाे मृत्यु, २० लाख ७२ हजार २ सय २८ संक्रमित

कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट विश्वभर १ लाख ३७ हजारभन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या २१ लाख नजिक पुगेको छ। वर्ल्डमिटरको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर २० लाख ७२ हजार २ सय २८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ।
बुधबारसम्म विश्वभर १ लाख ३७ हजार ६ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। संक्रमितमध्ये हालसम्म ५ लाख १८ हजार ६ सयजना उपचारपछि निको भई घर फर्केका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुने र संक्रमितको संख्या अमेरिकामा रहेको छ।
अमेरिकामा हालसम्म ६ लाख ४४ हजार ८९ जनामा कोरोना संक्रमण भएको छ, जसमध्ये २८ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा रहेका १ लाख ८० हजार ६ सय ५९ कोरोनाका संत्रमितमध्ये १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ जना पुगेको छ। यीमध्ये २१ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८ सय ६३ रहेको छ, जसमध्ये १७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३ जना कोरोना भाइरसका संक्रमित ३ हजार ८ सय ४ जनाको मृत्यु भइसकेको छ। बेलायतमा कोरोना संक्रमितको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ।
यीमध्ये १२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ। त्यस्तै इरानका ७६ हजार ३ सय ८९ जना सन्क्रमितमध्ये ४ हजार ७सय ७७ जनाको मृत्यु भएको छ भने बेल्जियमका ३३ हजार ५ सय ७३ जनामा ४ हजार ४सय ४० जनाले ज्यान गुमाएका छ्न। चीनमा हालसम्म कोरोन भाइरस संक्रमितको संख्या ८२ हजार ३ सय ४१ पुगेको छ, जसमध्ये ३ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ। इरानमा ७६ हजार ३ सय ८९ कोरोना संक्रमित रहेकोमा ४ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ।
ब्राजिलमा रहेका कूल २८ हजार ९ सय १२कोरोना संक्रमितमध्ये १ हजार ७ सय ६० जनाको मृत्यु भइसकेको छ भने क्यानडामा २८ हजार ६ सय १० जना कोरोना संक्रमितमध्ये १ हजार १० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा २८ हजार १ सय ५३ कोरोना संक्रमित रहेकोमा ३ हजार १ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्।
स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या २६ हजार ३ सय ३६ पुगेको छ। यीमध्ये १ हजार २ सय ३९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १ जना उपचारपछि निको भइ घर फर्किसकेका छन। बाकी संक्रमित र मृत्यु हुनेको संख्या अन्य देशमा रहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय