चिकित्सक कुटपिटमा संलग्न डिएसपी उमेश लम्सालाई जिम्मेवारीबाट हटाइयो, अन्य प्रहरीलाई कारबाहीको दायरामा ल्याउने

चिकित्सक कुटपिटमा संलग्न रहेका महानगरीय प्रहरी वृत महारागन्जका प्रमुख डिएसपी उमेश लम्साललाई कारबाही स्वरुप जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी कार्यलय रानीपोखरीले प्रेस विज्ञप्ती जारी गर्दै महानगरीय प्रहरी वृत महारागन्जका प्रमुख हटाई रानीपाखेरीमा तानेको छ भने अन्य प्रहरी कर्मचारी छानबीनको दायरामा ल्याएको बताइएको छ ।

घटना प्रति कार्यलयले गहिरो दुख प्रकट गर्दै फिल्डमा खटिने सकल दर्जाका प्रहरी विभिन्न पेशाकमी तथा आमनागरिकहरु प्रति गरिने व्यवहार कहिकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष संवेदनशील रहने प्रतिबद्दता समेत जारी गरेको छ ।

बुधबार राती खाना खाएर डेरामा जाने क्रममा त्रिवि शिक्षण अस्पतालका ३ डाक्टरमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले डा. शम्भु खनाल, विकास शाह र तेजप्रसाद शाहमाथि अभद्र व्यवहार थियो । लाठी चार्जमा तेजप्रसादको हात र ढाडमा चोट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय