चिकित्सकमाथिको कुटपिट घटना : प्रहरीले लिखित माफी माग्नुपर्ने

त्रिवि शिक्षण अस्पतालको चिकित्सक माथि भएको कुटपिटको घटनामा प्रहरीले आन्तरिक छलफल गरेर निर्णय गर्ने बताएको छ ।
बिहिबार नेपाल चिकित्सक संघका पदाधिकारी, काठमाडौं प्रहरी प्रक्वता डिएसपी होवेन्द्र बोगटी, पीडित डाक्टरले वार्ता गरेका छन् ।

वार्ताको क्रममा चिकित्सक भनेर कार्ड देखाउँदा देखाउदै लाठी चार्ज गरेको हुनाले चिकित्सकले सुरक्षाको माग गरेका छन् । छानबाीनको कानुनी दायारामा ल्याई हैदसम्मको कारबाही हुनुपर्ने बताएका छन् ।

वार्तामा प्रहरीले आन्तरिक रुपमा छलफल गरेर प्रक्रिया अगाडी बढाउने कुरा भएकोसंघका महासचिव डा. बद्दि रिजालले जनाकारी दिए । ‘उहाँहरुले आन्तरिक रुपमा छलफल गरेर निर्णय लिने बताउनुभएको छ, डा. रिजालले भने,‘ हेरौ उहाँहरुको के निर्णय आउँछ ।’
प्रहरीले आफूले गल्ती गरेको मौखिक रुपमा स्वीकार गरेको उनले बताए ।

आवासीय चिकित्सकहरुले प्रहरीले लिखित रुपमा नै माफी माग्नुपर्ने माग राख्नुपर्ने र कानुन बमोजिम कारबाही हुनुपर्ने माग राखेका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएको ठहर भए कानुन बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय