चिकित्सकहरू युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्तियोस् : नेपाल चिकित्सक संघ

चिकित्सक कुटपिटको सम्बन्धमा नेपाल चिकित्सक संघलगायत रेजिडेन्ट एसोसिएसन अफ न्यान्स, जुनियर रेजिडेन्ट सोसाइटीले छानबिन गरी दायरामा ल्याउन माग गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरू खाना खाएर फर्कने क्रममा हिजो बुधबार राति प्रहरीले डाक्टरमाथि लकडाउन उल्लंघन गरेको भन्दै लाठी प्रहार गरेको थियो।

संघले विज्ञप्ति निकाल्दै चिकित्सकमाथि हातपात गर्ने, लाठी प्रहार गर्ने जस्तो अमानवीय क्रियाकलापको भर्त्सना गरी कुटपिट गर्ने प्रहरीलाई छानबिन गरी कानुनी कारबाही गर्ने माग गरेका छन्।

‘हाल उत्पन्न कोरोनाको माहामारीसँग जुध्न युद्द मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथि कानुनी कारबाही नगरिएको खण्डमा देशभरको स्वास्थ्यसेवामा गम्भीर असर पर्ने सक्ने देखिन्छ,’ विज्ञप्तिमा छ, ‘स्वास्थ्यमकर्मी तथा चिकित्सक युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सरकार तथा सरोकारवाला निकायलाई सचेत गराउँदछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय