डाक्टरमाथि नै लाठी चार्ज! ‘लाठीले डाक्टर भन्ने चिन्दैन’ भन्दै प्रहरीको ज्यादती

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ३ गते २२:५८

कान्ती बाल अस्पतालको परिसरमा चिकित्सक माथि प्रहरीले दुरव्यवहार गरेको छ । चिकित्सकहरु होस्टेलबाट खाना खाएर फर्कने क्रममा प्रहरी दुर्व्यवहार गरेको डा. अनुप उप्रेतीले जानकारी दिए ।

अस्पतालबाट खाना खाएर आफ्नो रुममा जाने बेलामा प्रहरीले लकडाउन उलंघन गरेको भन्दै शिक्षण अस्पतालका ३ रेसिटेन्ड चिकित्सक माथि लाठी प्रहार गरेको थियो । कार्ड पनि नहेरि आफूहरुमाथि दुरव्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । प्रहरीले ‘लाठीले डाक्टर भन्ने चिन्दैन’ भन्दै लाठी चार्ज गरेको चिकित्सको भनाई छ ।

प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको हो।

डिएसपी उमेश लम्साल नेतृत्वको टोलीले चिकित्सक माथि दुरव्यहार गरेको बुझिएको छ । चिकित्सकका अनुसार सोधखोज नै नगरी प्रहरीले दुर्व्यवहार गरेको हो ।

One thought on “डाक्टरमाथि नै लाठी चार्ज! ‘लाठीले डाक्टर भन्ने चिन्दैन’ भन्दै प्रहरीको ज्यादती

  1. डाक्टरमाथि नै लाठी चार्ज! ‘लाठीले डाक्टर भन्ने चिन्दैन’ भन्दै प्रहरीको ज्यादती भएछ, अब ति पुलिस र तिनका परिवारलाई नेपालभरी कुनैपनि अस्पतालमा उपचार गरीनु हुन्न, सम्पुर्ण डाक्टर चिकित्सकले तिनलाई चिनिराख्नुस, बहिस्कार गर्नु पर्छ….. अनि बल्ल चेत्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय