‘दुबईबाट आएका युवामा कोरोना पुष्टि भएको छैन, परीक्षण गर्न पठाउने तयारी मात्रै भएको हो’

हेल्थपोस्ट नेपाल

झापा हल्दीबारीका एक युवामा कोरोना संक्रमण देखिएको हल्ला निराधार भएको स्वास्थ्य सम्बद्ध एक अधिकारीले बताएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन तथा जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चौलागाईले कोरोना पोजेटिभ पुष्टि भएको समाचार निराधार रहेको बताएका हुन्।

चौलागाईले बुधबार हल्दीबारीको क्वारेन्टाइन र त्यहाका होम क्वारेन्टाइनमा रहेका ५७ जनाको र्‍यापिड टेस्ट आरडिटी गरिएको भए पनि रिपोर्ट बाहिर आए जस्तो नभएको बताए।

‘परीक्षणमा अहिलेसम्म पोजेटिभ देखिएको छैन,’ चौलागाईले भने, ‘थप परीक्षणका लागि स्वाब बाहिर पठाउने अन्तिम तयारी भइरहेको छ, अहिलेसम्म स्वाब पठाएको छैन, कसरी बाहिर हल्ला भयो, हामीलाई थाहा भएन।’

एक महिना अघि दुबईबाट हल्दिबारी आएका एक युवामा कोरोना पुष्टि भएको हल्ला चलेपछि र केही सञ्चारमाध्यममा समाचार आएको थियो। जसका कारण झापामा त्रास उत्पन्न भएको छ।

अहिलेसम्म झापाका कसैलाई पनि कोरोनाको संक्रमण नभएको चौलागाईले बताएका छन्। साथै सुरक्षित रहन पनि उनले आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *