चितवनमा ३ सय आईसोलेसन बेड, १ सय ८१ बेड क्षमताको आइसीयू

चितवन जिल्ला ‘मेडिकल सिटी’को रुपमा परिचित छ। यहाँ दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक केन्द्रिय सरकारी अस्पताल र दुई दर्जन भन्दाबढि सरकारी र निजि अस्पताल छन् । यि अस्पतालहरुले सम्भावित कोरोनाका विरामीको उपचारका तयारी गरेका छन् ।

कोरोनका विरामीलाई लक्षित गर्दै जिल्लामा ३ सय २ वटा आईसोलेसन बेड तयारी अवस्थमा रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाका बिरामीहरुको उपचारका लागि आईसोलेसन बनाउन निर्देशन गरेपछि यहाँका अस्पतालले आईसोलेसन तयार गरेका हुन् ।

चितवनमा कोरोनाका विरामीलाई लक्षित गर्दै कोरोना विशेष अस्पताल समेत बनाईएको छ । त्यहाँ आईसियू र आईसोलेसन गरि ७० बेड छन् । त्यसपछि पुरोना मेडिकल कलेजले ६५ र भरतपुर अस्पतालले ४० वटा बेड कोरोनाका बिरामीलाई भनेर छुट्टाएको छ । आवश्यक परेको खण्डमा विस्तार विस्तार गर्न सकिने पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गानाथ न्यौपानले जानकारी दिए । ‘हामीसंग ७ सय ५० बेड रहेका छन् । त्यसमा ७० वटा आईसियू छन्’ उनले भने, ‘आवश्यक परेको समयमा कारोनाका विरामीको उपचारका लागि आईसोलेसन बृद्धि गर्न सकिन्छ ।’

आईसोलेसन बेड तयार गरेपनि यहाँका कति अस्पतालले कोरोनाको शंका लागेका बिरामीहरुलाई कोरोना विशेष अस्पतालमा रिफर गर्ने गरेका छन् । चितवन मेडिकल कलेजले अहिलेसम्म ७ वटा बेडमात्र कोरोनाका विरामीहरुका लागि भनेर तयार गरेको छ । तर, आवश्यक परेको खण्डमा मेडिकल कलेज नै प्रयोग गर्न सकिने कलेजका सञ्चालक हरिसचन्द्र न्यौपानले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् । जिल्ला प्रशासनले कम्तिमा २० बेड सहितको आईसोलेन वार्ड बनाउन सिएमसिलाई अनुरोध गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सवै अस्पताललाई अनिवार्य आईसोलेसन कक्षको व्यवस्था गर्न भनेको थियो । ५० बेडसम्मका अस्पताललाई १० र त्यसभन्दा मुनिका अस्पताललाई कम्तिमा ५ बेडको आईसोलेसन बनाउन भनेको छ ।

अहिले लकडाउनको समयमा भने विरामीको संख्या न्यून छ । अधिकांश अस्पतालहरुले ओपिडि सेवा बन्द गरेका छन् । आकस्मिक सेवा बाहेक ज्वरो क्लिनिक मात्र चलाएका छन् । अहिले नेपालमा कोरोनाको जोखिम बढिरहेको छ । हालसम्म १६ जनामा यसको संक्रमण देखिएको छ । चितवनका छिमेकी जिल्ला पर्सा र धादिङमा कोरोनाका विरामी देखा परेका छन् । यस्तो अवस्थामा चितवन उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

चितवन जिल्लाको तथ्याङ्क हेर्ने हो भने जिल्लामा २ हजार ४ सय ३५ वटा बेड रहेका छन् । त्यसमध्ये १ सय ८१ वटा आईसियू कक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भेन्टिलेटर सहितको बेडहरु ५१ वटा रहेको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । चितवनका स्थानीय तहहरुले तीन सय वटा क्वारेन्टाईन बनाएका छन् । चितवनमा ७५ वटा स्वास्थ्य चौकी समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय