र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुईजनाकै पिसिआर रिपोर्ट नेगेटिभ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुईजना शंकास्पदको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारत नयाँदिल्लीस्थित निजामुद्दिनको जमातबाट फर्किएका उनीहरूको र्‍यापिड टेस्टमा मंगलबार पोजेटिभ रिपोर्ट आएको थियो।

सप्तरी खड्क नगरपालिका र तिलाठी कोइलारी गाउँपालिका घर भएका उनीहरूको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको थियो।

पिसिआर जाँचमा दुबैजनाको रिपोर्ट नेगेटिभ देखिएको सप्तरी जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरूसँगै अन्य पाँचजना जमातीको स्वाब रिपोर्ट पनि नेगेटिभ देखिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय