१५ हजार ८ सय नमुना परीक्षण, ५६ सय १४ जना क्वारेन्टाइनमा

कोरोना भाइरस आशंकामा हालसम्म १५ हजार ८ सय नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्‍यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

र्‍यापिड  टेस्टबाट १४ जिल्लामा परीक्षण सुरु हुन बाँकी छ । प्रदेश १ मा सात, प्रदेश २ मा तीन, गण्डकी प्रदेशमा एक, प्रदेश ५ मा एक, कर्णाली प्रदेशमा दुईवटा जिल्ला बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशैभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । बुधबार आसोलेसनमा १ सय १७ जना रहेका प्रवक्ता डा. देवकोटाले बताए । उपत्यकामा ११ र उपत्यका बाहिर १ सय १७ रहेका छन् ।

हालसम्म संक्रमित संख्या १६ रहेको र एक जना निको भएर फर्किएका छन् ।  टुेकु अस्पतालमा २, पाटन अस्पतालमा २ धौलागिरी अस्पतालमा २, सेती अञ्चल अस्पतालमा ५, विरगञ्ज ४ जना रहेका छन् । संक्रमति १५ जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय