सनसिटीमा २८६ जनाको र्‍यापिड परीक्षण रिपोर्ट नेगेटिभ

दुई संक्रमित भेटिएको सनसिटी अपार्टमेन्टमा एउटा ब्लकका २ सय ८६ जनाको नमूना परीक्षण गर्दा कोरोना नेगेटिभ पाइएको छ ।

कागेश्वरी मनोहरी नगरपालिकाका स्वास्थ्य संयोजक डा. रमेश ढकालका अनुसार आजै गरिएको परीक्षणमा सबैमा भाइरस नेगेटिभ पाइएको छ ।

उनले नेगेटिभ देखिएपनि थप साता क्वारेन्टाइनमा बस्न र लक्षण देखिए पुनः परीक्षण गर्नुपर्ने बताए । दुईदिन अघि सोही अपार्टमेन्टमा विदेशबाट आएकामा द्रुत परीक्षण गर्दा तीनजनाको पोजेटिभ पाइएको थियो ।

सोलगतै उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर पिसिआर परीक्षण गर्दा दुई जनामा पोजेटिभ र एकमा नेगेटिभ देखिएको थियो । सोपश्चात् सो क्षेत्रलाई सील गरेर अपार्टमेन्टमा बस्ने सबैको परीक्षण सुरु गरिएको छ ।

One thought on “सनसिटीमा २८६ जनाको र्‍यापिड परीक्षण रिपोर्ट नेगेटिभ

  1. Probably tgey know, RD comes negative in first 5 to 7 days of acquiringbthe virus. It becomes positive only after appearance of symptoms. So negative here means, they did not have past infection more tgan 7 dsts old. They needed to be checked again afterc2 weeks of quarentine, from public health point of view.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय