विश्व कोरोना कहर : मृत्यु १ लाख २६ हजार ७ सय १५, संक्रमित १९ लाख ९९ हजार २ सय ५४

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ७ सय १५ पुगेको छ।

कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ९९ हजार २ सय ५४ पुगेको छ । संक्रमितमध्ये ४ लाख ७८ हजार ९ सय ३२ जना उपचारपछि निको भएका छन्।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरस संक्रमण सबैभन्दा बढी फैलिएको अमेरिकामा ६ लाख १४ हजार ९२ जना संक्रमितमध्ये २६ हजार ५४ जनाको ज्यान गएको छ।

स्पेनमा संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ भने १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख ६२ हजार ४ सय ८८ सन्क्रमित रहेका छन भने ज्यान गुमाउनेको संख्य २१ हजार ६७ पुगेको छ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८सय ७३ पुगको छ । जसमा १२ हजार १ सय ७ जनाले ज्यान गुमाइसकेका छन। फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने १५ हजार ७ सय २९ जनाले ज्यान गुमाएका छ्न।

जर्मनिका १ लाख ३२ हजार २सय १० जना भाइरसका संक्रमितमध्ये ३ हत्जार ४ सय ९५ जनाको मृत्यु भइसकेको छ। त्यस्तै इरानका ७४ हजार

८ सय ७७ जना संक्रमितमा ४ हजार ६ सय ८३ जनाको ज्यान गइसकेको छ भने नेदरल्यान्डसका २७ हजार ४सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये २हजार ९सय ४५ जनाको मृत्यु भएको छ।

बेल्जियममा रहेका ३१हजार १सय १९ जना भाइरसका सन्क्रमितमा ४ हजार १ सय ५७ जनाको ज्यान गएको छ। टर्कीमा रहेका ६५ हजार १ सय ११ जना सन्क्रमितमध्ये १४ सय ३ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको उदगमस्थल चीनमा ८२ हजार २ सय ९५ जना सन्क्रमित छन भने ३ हजार३ सय ४२ले ज्यान गुमाएका छन। त्यस्तै नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुस्टी भएको छ भने १ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय