अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्यो

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ।

संगठनको निरन्तर आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब डब्ल्यूएचओलाई आर्थिक सहयोग उपलब्ध नहुने बताएका हुन्।

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिइसक्दा पनि त्यसको नियन्त्रणमा लाग्नुको सट्टा संगठन चीनको ढाकछोप गर्नतिर उद्दत रहेको ट्रम्पको आरोप छ।

चीनको भाइरस फैलिएपछि त्यसको वास्तविक कुरा बाहिर नल्याएर विश्व स्वास्थ्य संगठनले गम्भिर गल्ती गरेको उनले बताए। यसअघि नै ट्रम्पले डब्ल्यूएचआ चीन परस्त भएको आरोप लगाएका थिए।

अघिल्लो वर्ष अमेरिकाले डब्ल्यूएचआलाई ४० करोड डलर सहयोग दिएको थियो। अबका दिनमा त्यस्तो सहयोग रोकिने ट्रम्पले घोषणा गरे। हरेक वर्ष अमेरिकाले ४० देखि ५० करोड डलर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको डब्ल्यूएचआलाई चीनले भने ४–५ करोड डलरमात्रै सहयोग गर्छ।

चीनको उहानबाट फैलिन सुरु भएको यो भाइरसका कारण अहिले अमेरिका, इटाली, स्पेन, ब्रिटेन, फ्रान्सजस्ता देशहरु निकै प्रभावित भइरहेका छन्।

अमेरिकाकमा करिब ६ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने २६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय