र्‍यापिड टेस्ट र पिसिआर नतिजा फरक आउन सक्छ किन ?

‘कोभिड-१९’ पोजेटिभ छ वा छैन भनेर विश्वले नै परीक्षण गर्ने वर्ल्ड स्ट्यान्डर्ड विधि भनेको पिसिआर परीक्षण विधि हो । यसमा हामीले प्रयोग गर्ने भनेको रियल टाइम, पोलियमरेक्स र चेन रियाक्सन हो ।

यस विधिमा जुन नमुना हामीले संलग्न गर्छौं, त्यस नमुनामा भाइरसको जीनको टुक्रा छ कि छैन भन्ने परीक्षण गरिन्छ । र, त्यो नमुनामा जीनको टुक्रा छन् भने त्यो ठाउँमा भाइरस बसेको छ भन्ने प्रमाणित हुन्छ । त्यसैले यो परीक्षणबाट के थाहा हुन्छ भने नमुना लिएका बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन । भाइरस भएको रिपोर्ट आउनु भनेको संक्रमण देखिनु हो ।

यसरी एकजनामा इन्फेक्सन (संक्रमण) भइसकेपछि भाइरस मानिसको शरीरमा कति रहन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुनसक्छ । मानिसको शरीरको रोगसँग लड्ने जुन क्षमता हुन्छ, त्यो हिसाबमा कसै–कसैमा यो भाइरस छिट्टै पनि निष्क्रिय हुन सक्छ । कसैमा भने तीनदेखि चार दिनसम्म यो भाइरस शरीरमा रहन सक्ने हुन्छ । तर, पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल, समय लाग्ने हुन्छ, जसका लागि प्रयोगशालाको सेटअप पनि विशेष किसिमको हुनुपर्छ । पिसिआर परीक्षणका लागि परीक्षण गर्ने व्यक्ति पनि विशेष तालिम पाएको र विज्ञता हासिल गरेको हुनपर्छ ।

अर्जेन्टको समयमा ६ घन्टा सम्म यसको नतिजा दिन सकिन्छ । तर, साधारणतया २४ देखि ७२ घन्टाको समय यस परीक्षणका लागि लाग्न सक्छ। एकैचोटीमा नतिजा आउँदैन ।

कोरोना भाइरस आएदेखि नै विभिन्न वैज्ञानिकहरु कुनै अन्य विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार अनुसन्धान गरिरहेका छन् । त्यही अनुसन्धानको आधारमा शरिरले जुन भाइरससँग लड्नको लागि ‘एन्टीबडी’ बनाउने हुन्छ । त्यो एन्टीबडी पनि परीक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ–नयाँ विधिहरुको विकास भइरहेका छन् ।

कोभिड–१९ रोगका विरुद्ध संक्रमण भएको शरीरले २ किसिमको एन्टीबडी बनाउँछ । सुरुमा बन्ने आइजिएम, आइजिजी हो । आइजिएम रोग लागिसकेपछि ३ देखि ५ पछि शरिरमा देखिन थाल्छ ।

आइजिएम झण्डै शरिरमा २ देखि ३ हप्तासम्म रहन सक्छ । रोग लागेको २ हप्तापछि आइजिजि भन्ने एन्टीबडी बन्न थाल्छ । आइजिजी एन्टीबडी महिनौंसम्म रहन सक्छ । हामीले अन्य रोगबाट यही अनुभव लिएका छौं।

सुरुमा रोग हुँदा भाइरस मात्र भेटिन्छ । त्यसपछि ५÷७ दिनमा आइजिएम एन्टीबडी र २ हप्तापछि आइजिजि एन्टीबडी भेटिनसक्छ । १ महिनापछि पनि भाइरस नेगेटिभ हुनसक्छ । आइजिएम पनि नेगेटिभ हुनसक्छ तर आइजिजी धेरै लामो समयसम्म रहनसक्छ ।

यसको मतलव, परीक्षण गर्दा सुरुका दिनमा पिसीआर मात्र पोजेटिभ आउनसक्छ । एन्टीबडीका लागि गरिने परीक्षण नेगेटिभ हुन्छ । जसको हप्ता दश दिनपछि पिसिआरबाट पनि पोजेटिभ आउने र एन्टीबडी पनि पोजेटिभ आउनसक्छ । त्यस्तै, ३–४ हप्ता बित्तिसकेपछि जब कि भाइरस शरिरबाट हराइसकेको हुन्छ, उक्तबेलामा पिसिआरचाहीँ नेगेटिभ आउने तर एन्टीबडीको परीक्षणमा पोजेटिभ देखाउन पनि सक्छ ।
एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिका विकास भएका छन् ।

यो आफैँमा नयाँ प्रविधि भने होइन । हामीले अरु पनि भाइरसका रोगहरु डेंगु, हेपाटाइटिस, एचआइभी लगायतका सबैको डाइग्नोसिस् एन्टीबडी परीक्षणकै माध्यमबाट गरिरहेका छौं ।

त्यस्तै, एलआईजा र र्यापिड टेष्ट हो । एलआइजा पनि ल्याबमा उपलब्ध छन् । यसका लागि ल्याब भित्र नै बसेर परीक्षण गनुपर्छ । एलआइजा गर्नका लागि दक्ष जनशक्ति तथा मेसिनको आवश्यक्त पर्दछ ।

यो पनि एक–दुई वटा गर्न गाह्रो हुन्छ । त्यसैले यो विधिबाट परीक्षण गर्नका लागि ४ देखि ६ घण्टा सम्म लाग्नेहुन्छ । केही कम्पनीहरुले एन्टीबडीको परीक्षणको लागि एलआइजा प्रविधि पनि विकास गरेसकेका छन् ।

अर्को सजिलो विधि एन्टीबडीको जाँच भनेको र्यापिड टेष्ट हो । हाल आएर नेपालमा पनि यो विधिको प्रयोग गरेका छौं । अन्य देशमा यो किटबाट परीक्षण सुरु गरेका छन् । अमेरिका तथा अष्टे«लिया जस्ता देशले पनि यस बिधिबाट परीक्षण सुरु गरेका छन् ।

विभिन्न देशहरुले पिसिआर परीक्षणका लागि आ–आफ्नो मापदण्ड तोकेका छन् । नेपालको पनि त्यसको आफ्नै मापदण्ड रहेको छ । सबै जनसंख्यालाई कुनैपनि देशले पनि सबैको पिसीआर परीक्षण गर्नुपर्छ भनेर मापदण्ड राखेका छैनन्।

र्‍यापिड टेष्टबाट फाइदा के छ भने, यसका लागि धेरै विज्ञता चाहिँदैन । प्रयोगशाला पनि नचाहिने र फिल्डमा गएर गर्न सकिने र थोरै तालिम दिए पर्याप्त हुनेहुन्छ । यसबाट १५ मिनेटमा नै नतिजा आउने हुन्छ ।

प्रयोगाला परीक्षण रोगको लागि आफैंमा पूरा हुँदैन । बिरामीको त्यति बेलाको अवस्था अन्य परीक्षणसँग मिलाएर रिपोर्टको नतिजा मूल्याकंन गर्नुपर्ने हुन्छ ।

विभिन्न देशहरुले पिसिआर परीक्षणका लागि आ–आफ्नो मापदण्ड तोकेका छन् । नेपालको पनि त्यसको आफ्नै मापदण्ड रहेको छ । सबै जनसंख्यालाई कुनैपनि देशले पनि सबैको पिसीआर परीक्षण गर्नुपर्छ भनेर मापदण्ड राखेका छैनन्।

त्यस्तै, एउटा मापदण्ड बनाएर पिसीआर परीक्षणको दायरामा आउनका उनीहरुलाई अन्य विकल्पका टेष्टको व्यवस्था गर्न सकिए धेरै व्यक्तिको परीक्षण गर्न सम्भव हुन्छ । त्यसका साथ–साथै एन्टीबडी परीक्षणको अर्को के फाइदा छ भने रोग निको भएपछि पिसीआर परीक्षण नेगेटिभ आउँछ । जसलाई पहिला नै रोग लागिसकेको छ त्यतिबेला लक्षण देखिएन वा पीसीआर हुन सकेन भने त्यस्ता व्यक्तिलाई पछि परीक्षण गर्ने भनेको एन्टीबडी बाँकी रहन्छ ।

एन्टीबडी परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति कुनै बेला कोरोनाबाट संक्रमण भएका थिए बुझ्न पनि यो प्रविधिले निकै सहयोग गर्छ ।
अझ बुझ्नपर्ने कुरा के हो भने, पिसिआर भन्दापनि केही माथिका अन्य परीक्षण पनि रहेका छन् । पिसिआरमा साधारणतया हामीले भाइरसको लागि २–३ वटा जिन हेर्ने कोसिस गर्छौं । यो माथि भन्दा ‘जिन सिक्वेन्स’ भन्ने परीक्षण हुन्छ । जसले भाइरसको पूरा परीक्षण गर्छ ।

यसरी प्रयोगशालाका परीक्षण सँगसँगै बिरामीको ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या कि छैन ? उसको हिस्ट्री के हो ? सिटी स्क्यानको नतिजा, एन्टीबडीको नतिजा, पीसीआरको नतिजा सबै मिलाएर एक ठाउँमा राख्दा परीक्षणको दायरा बढाउन सकिन्छ ।

पिसीआरको परीक्षण लामो प्रक्रिया छ । हामीकहाँ प्रयोग हुने विभिन्न प्रकारका उपकरणहरु छन् ।

जुन २४/४८/९६ परीक्षण गर्न सक्ने क्षमताका रहेका छन् । एउटा परीक्षण गर्दा झण्डै उत्ति नै प्रक्रिया पार गर्नुपर्ने, धेरै संख्या(ब्याच)मा परीक्षण गर्दा सोही प्रक्रियामा गनुपर्छ । हाम्रो कोसिस के रहन्छ भने, सकभर धेरैभन्दा धेरै एकैचोटी परीक्षण गर्न सुरु गरियो भने एउटा निश्चित समयमा धेरै भन्दा धेरै नतिजा दिन सकिन्छ ।

अर्जेन्टको समयमा ६ घन्टा सम्म यसको नतिजा दिन सकिन्छ । तर, साधारणतया २४ देखि ७२ घन्टाको समय यस परीक्षणका लागि लाग्न सक्छ। एकैचोटीमा नतिजा आउँदैन । एकचोटीमा २ वटा जिन हेर्ने खोज्छौं एउटा मात्र आउँछ, थप अर्को जिनको लागि परीक्षण गर्नुपर्ने हुनसक्छ । त्यसैले एउटा नमुना यत्ति नै बेरमा परीक्षण भएर नतिजा आइसक्छ भन्न सकिँदैन ।

(राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाकी निर्देशक डा‍‍. रुना झाले परीक्षणसम्बन्धि गरेकाे व्रिफिङकाे आधारमा  हेल्थपाेस्ट नेपालका  पुष्पराज चाैलागाईंले तयार पारेकाे सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय