कोरोना सतर्कतामा सहयोग गर्न प्रदेशसभाले सरकारलाई फिर्ता गर्‍यो साढे ८ करोड

प्रदेश नंं ५ प्रदेश सभा सचिवालयले साढे ८ करोडभन्दा बढी रकम सरकारलाई फिर्ता गरेको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारमा सहयोग होस् भन्ने उद्देश्यले फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सचिवालयका अनुसार ८ करोड ६४ लाख ३२ हजार रुपैया आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

प्रदेश सरकारबाट प्राप्त पूर्वाधार विकास, अवलोकन भ्रमण, कार्यालय खर्च, सामान खरिद लगायतका विभिन्न शिर्षकको बजेट कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई नै फिर्ता गरिएको प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले जानकारी दिए ।

चालु आर्थिक वर्षमा प्रदेशसभा सचिवालयलाई ३४ करोड हाराहारी बजेट विनियोजन भएको थियो । अहिले कोरोनाको महामारी फैलिएको र त्यसको नियन्त्रण पहिलो प्राथमिकतामा रहेकोले रकम फिर्ता गरिएको हो ।

यसअघि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरु र प्रदेशसभा सचिवालयका कर्मचारीहरुको पारिश्रमिक मध्येबाट २३ लाख ३० हजार रुपैया प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय