केएल दुगड समूहद्वारा विभिन्न ठाउँका साढे ७ सय परिवारलाई खाद्यान्न वितरण

केएल दुगड समूहद्वारा मोरङ बुढीगंगा गाउँपालिकाका ४ सय ५० परिवारलाई कोभिड-१९ महामारीले निम्त्याएको संकटका बेला राहत सामग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिका ५ को सहकार्यमा वडा न. ४ समेत गरी ४ सय ५० परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको हो ।

समूहले १० किलो चामल, दुई किलो आटा, एक किलो दाल, दुई किलो आलु, खाने तेल एक लिटर, नुन एक किलो गरी कूल १६ किलोको फेमिली प्याक बनाएर वितरण गरेको थियो । राहत वितरण कार्य गाउँपालिका प्रमुख बालचन्द्र माझी, वडाअध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखको उपस्थितिमा गरिएको थियो । समूहका विराटनगर महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादारी मजदुर वर्ग, गरिब र असहाय पहिचान गरी खाद्य सामग्री वितरण गरेको जानकारी दिए । समूहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत वितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने प्रतिबद्धता जनाएकोछ छ ।

त्यसैगरी समूहले चितवन राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका), पर्सामा पनि प्रतिनगरपालिका १ सय ५० परिवारका दरले कूल ३ सय परिवारका लागि खाद्यान्न सामग्री वितरण गरेको छ भने रत्ननगर नगरपालिका (टाँडी) मा आज १ सय ५० परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ ।

दुगडले एक साताअघि बाँकेका नेपालगन्ज, कोहलपुर क्षेत्रमा पनि ४ सय ५० परिवारलाई १५ किलोका दरले खाद्यान्न वितरण गरेको थियो । यस अवधिमा समूहले कूल १ हजार ३ सय ५० परिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरिसकेको र वितरण जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय