संक्रमित संख्या १६ पुग्यो, ६ हजार २ सय ९९ नमुना परीक्षण

कोरोना आशंकमा हालसम्म पिसीआर विधिबाट ६ हजार २ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये उपत्यका बाहिर १ हजार १ सय ८० को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

र्यापिट टेष्ट ६ हजार ६ सय ७ नुमना परीक्षण भएको छ । खासगरी विदेशबाट आएका मानिसमा र्यापिट टेष्ट विधिबाट ५ हजार ७ सय ७१ जनाको भएको मन्त्रालयले जनाएको छ । यस विधिबाट ५६ जिल्लामा नमुना सुरु भइसकेको छ ।

हाल देशभर आइसोलेसनमा ९९ रहेका छन् । जसअन्तर्गत उपत्यकामा १२ र उपत्यका बाहिर ८७ जना रहेका छन् । रेड जोनमा २ सय २८ जना रहेको डा. देवकोटाले बताए ।

सोमबार सनसिटीमा र्यापिट टेष्टबाट परीक्षणमा पोजेटिभ देखिएको ३ जनामा मध्ये पीसीआर विधिबाट २ जनाको पोजेटिभ देखिएको र १ जनाको नमुना परीक्षणको रिर्पोट आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए । पोजेटिभ देखिने ८१ वर्षे महिला र ५८ वर्षे पुरुष रहेका छन् । हालसम्म नेपालमा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

टुेकु अस्पतालमा २, पाटन अस्पतालमा २ धौलागिरी अस्पतालमा २, सेती अञ्चल अस्पतालमा ५, विरगञ्ज ४ जना रहेका छन् । संक्रमति १५ जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय