‘लकडाउन’ थपियाे, वैशाख १५ सम्म

सरकारले लकडाउनको समायावधि थपेको छ। स्थिति अझै नियन्त्रणमा आइनसकेकाे भन्दै सरकारले लकडाउनकाे समय बढाउने निर्णय गरेकाे हाे। म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा दुईजना कोरोना संक्रमित पुष्टि भएका छन्। 
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो।
सीमा नाका र अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द रहने निर्णय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए। यसअघि सरकारले काठमाडौंमा लकडाउनलाई केही खुकुलो पार्न गृहकार्य थालेको थियो।
तर, सोमबार राति राजधानीमा कोरोना संक्रमित फेला परेपछि सो गृहकार्यबाट पछि हट्न बाध्य भइएको सञ्चारमन्त्रीनिकट स्रोतले बतायो। हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित फेला परेका छन्।
लकडाउनको अवधि लम्बिएसँगै सर्वसाधारणको दैनिक जीवन भने जटिल बन्दै गएको छ। लकडाउन बाध्यात्मक भएकाले सरकारले सर्वसाधारणको जनजीवनमा सहजता ल्याउन केही कार्यक्रम ल्याएको बताइएको छ। तर, मन्त्रिपरिषद निर्णयको औपचारिक जानकारी दिइएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय