सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना पोजेटिभ, राति ११ बजे नै आएको थियो रिपोर्ट

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनमध्ये दुईजनामा कोरोनाको पोलिमर चेन रियाक्सन (पिसिआर) परीक्षणमा समेत पोजेटिभ देखिएको छ । थप एक जनाको नजितामा शंका उत्पन्न भएपछि फेरी परीक्षण गरिँदैछ ।

विदेशबाट फर्किएका उनीहरुमा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि सोमबारै पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पिसिआर परीक्षण सुरु गरिएको थियो ।

राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला एनपिएचएल स्रोतका अनुसार परीक्षणबाट पोजेटिभ देखिएको रिपोर्ट राति ११ बजे नै मन्त्री र सचिवलाई गराइसकिएको थियो । तर मन्त्रालय औपचारिक प्रणालीबाट हालसम्म पनि रिपोर्ट सार्वजनिक गरेको छैन् ।

उनीहरु चैत ४ मा बेलायतबाट फर्किएका थिए ।  र्यापिड टेष्टमा परीक्षण पोजेटिभ देखिएपछि नै सो अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अब अपार्टमेन्टमा बस्ने सबैलाई सेल्फ क्वारेन्टिनमा राखिने र र्यापिड टेष्टपनि सुरु गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

योसँगै काठमाडौमा कोरोनाको तेस्रो संक्रमित भेटिएको छ । यसअघि मैतीदेवीकी एक युवतीमा संक्रमण पुष्टि भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय