विश्व कोरोना कहर : साढे १९ लाख संक्रमित, १ लाख २० हजारको मृत्यु

हेल्थपोस्ट नेपाल

विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या साढे १९ लाख पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक रहेको छ।

वर्ल्डमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा कोरोना भाइरसको संक्रमण १९ लाख २४ हजार ६ सय ७९ जनामा भएको पुष्टि भएको छ। कोरोनाका कारण विश्वमा १ लाख १९ हजार ६ सय ९२ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये हालसम्म ४ लाख ४४ हजार ८ सय ३६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

हाल विश्वका विभिन्न अस्पताल र घरमै बसी १३ लाख ५९ हजार ८ सय ३४ जनाले कोरोनाको उपचार गरिरहेका छन्। तिमध्ये ५१ हजार ७ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ८ हजार ९२ जनाको अवस्था सामान्य रहेको छ।

अहिले विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा क्रमसः अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड्स र क्यानडा रहेका छन्। कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ।

अमेरिकामा हालसम्म ५ लाख ८६ हजार ९ सय ४१ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये २३ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोनाम भाइरसका संक्रमित १ लाख ७० हजार ९९ रहेकोमा १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ पुगेको छ। यीमध्ये २० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा १ लाख ३६ हजार ७ सय ७९ कोरोनाका संक्रमित रहेकोमा हालसम्म १४ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा १ लाख ३० हजार ७२ जना कोरोना संक्रमित रहेकोमा ३ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ भने बेलयातका ८८ हजार ६ सय २१ संक्रमितमध्ये ११ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइर्सको उदगम्स्थल चीनमा कोरोनाका संक्रमित ८२ हजार २ सय ४९ रहेको छ, जसमध्ये ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

इरानमा ७३ हजार ३ सय ३ जना कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार ५ सय ८५ जनाको मृत्यु भइसकेको छ भने टर्कीमा रहेका ६१ हजार ४९ कोरोना संक्रमितको संख्यामध्ये १ हजार २ सय ९६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये एक जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी १३ जनाको अहिले उपचार भइरहेको छ। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएका थिए। बाँकी संक्रमित र मृत्यु हुने अन्य देशम रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *